२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

शुक्लागण्डकी नगरपालिकामा कांग्रेसको अग्रता



Nepali Congress
अ+ अ-

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । सार्वजनिक मतपरिणामअनुसार नगरप्रमुखमा काङ्ग्रेस उम्मेदवार कृष्णराज पण्डितले ५०९ मत प्राप्त गर्नुभएको छ ।

गठबन्धनका तर्फबाट उप्रमुखका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का खुमबहादुर विकले ३५४ मत प्राप्त गर्नुभएको छ । नेकपा (एमाले)बाट प्रमुखका उम्मेदवार मुक्तिनाथ तिमिल्सिनाले ३८९ र उपप्रमुख उम्मेदवार फूलमाया वाग्लेले ३९० मत प्राप्त गर्नुभएको छ ।

हालसम्म शुक्लागण्डकी नगरपालिका वडा नम्बर १, २, ३ र ४ को एक हजार मतगणना सकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । शुक्लागण्डकी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस र नेकपा ९माओवादी केन्द्र०बीच गठबन्धन भएको छ ।

यस्तै म्याग्दे गाउँपालिकामा एमालेका अध्यक्ष उम्मेदवार श्रीप्रसाद श्रेष्ठले मतान्तर बढाउनुभएको छ । वडा नम्बर १, २ र ३ को दुई ६८१ मतगणना सकिँदा श्रेष्ठले एक हजार ३५६ मत प्राप्त गर्नुभएको छ ।

नेपाली कांग्रेसका अध्यक्ष उम्मेदवार मायादेवी रानाले ९६० मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा भने कांग्रेस उम्मेदवार बालकृष्ण घिमिरेको अग्रता कायमै छ । घिमिरेले एक हजार २६७ मत प्राप्त गर्दा एमालेकी रत्नादेवी घिमिरेले एक हजार ६७ मत प्राप्त गर्नुभएको छ ।

घिरिङ गाउँपालिकामा एक हजार ६२१ मतगणना हुँदा नेकपा ९एमाले०का अध्यक्ष उम्मेदवार होमबहादुर थापाले ८८६ मत प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेसका अध्यक्ष उम्मेदवार गङ्गा कुमालले ६२० मत प्राप्त गर्नुभएको छ । नेकपा ९एमाले०का उपाध्यक्ष उम्मेदवार राधादेवी अधिकारीले ९२४ र नेकपा ९एकीकृत समाजवादी०का उपाध्यक्ष उम्मेदवार पूर्ण थापाले ३८२ मत प्राप्त गर्नुभएको छ ।

बन्दीपुर गाउँपालिकामा एक हजार ८६५ मतगणना हुँदा नेकपा ९माओवादी केन्द्र०ले अग्रता लिएको छ । नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष उम्मेदवार पूर्णसिं थापाले ६१७, नेकपा ९एमाले०का अध्यक्ष उम्मेदवार सुरेन्द्र थापाले ५४५ र नेपाली कांग्रेसका उम्मेदवार धु्रवलाल प्रधानले ५१८ मत प्राप्त गर्नुभएको छ ।