१९ मंसिर २०८२, शुक्रबार
,
Latest
हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन कांग्रेसको कलहः होला त पुसमा महाधिवेशन ? विनाशकारी मौसमी प्रकोपपछि श्रीलङ्कामा ८५ प्रतिशत विद्युत आपूर्ति अवरुद्ध महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

तनहुँका दुई पालिकामा एमाले, एकमा माओवादीको अग्रता



अ+ अ-

तनहुँ । स्थानीय तहको निर्वाचनअन्तर्गत जारी मतगणनामा तनहुँका दुई पालिकामा नेकपा (एमाले) र एक पालिकामा नेकपा (माओवादी) केन्द्रले अग्रता लिएको छ । प्राप्त मतपरिणामअनुसार जिल्लाको म्याग्दे र घिरिङ गाउँपालिकामा एमालेले अग्रता लिएको छ भने बन्दीपुर गाउँपालिकामा माओवादीले अग्रता लिएको छ । नौ सय मतगणना हुँदा म्याग्दे गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार श्रीप्रसाद श्रेष्ठले ४६८ र नेपाली कांग्रेसका मायादेवी रानाले ३४४ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा एमालेकै रत्ना घिमिरेले ३७४ र नेपाली कांग्रेसका बालकृष्ण घिमिरेले ४१६ मत प्राप्त गर्नुभएको छ ।

घिरिङ गाउँपालिकाको अध्यक्षमा एमालेका होमबहादुर थापाले ३०० मत प्राप्त गर्नुभएको छ भने कांग्रेसका गङ्गा कुमालले १७५ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा एमालेकी राधा अधिकारीले ३१२ मत प्राप्त गर्नुभएको छ भने गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका पूर्ण थापाले १३६ मत प्राप्त गर्नुभएको छ ।

बन्दीपुर गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका पूर्णसिं थापाले ३५०, एमालेका सुरेन्द्र थापाले २९८ र नेपाली कांग्रेसका धु्रवलाल प्रधानले २६१ मत प्राप्त गर्नुभएको छ । भिमाद नगरपालिकामा पनि मतगणना सुरु भए पनि मतपरिणाम सार्वजनिक भएको छैन । ऋषिङ गाउँपालिकामा बिहान १०ः३० बजेदेखि मतगणना सुरु गर्ने तयारी गरिएको थियो । शुक्लागण्डकी नगरपालिकामा पनि मतगणनाको तयारी थालिएको छ भने भानु नगरपालिकामा सर्वदलीय बैठक बस्दैछ । रासस