२२ मंसिर २०८२, सोमबार
,
Latest
सशस्त्र प्रहरी बलको सक्रियतासँगै अवैध कारोबारमा कमी एमाले महाधिवेशनको तयारी तीव्र ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र प्रधानमन्त्री कार्की भेट्न दुर्गा प्रसाईं सिंहदरबारमा देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ: गृहमन्त्री अर्याल अर्थमन्त्रीबाट निर्माणाधिन जालपादेवी केवलकारको अवलोकन सामान्य अंकले घट्यो नेप्से राप्रपाद्वारा केन्द्रीय कार्यसमितिको बैठक आह्वान क्रान्तिकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गन्यापधुरा र अमरगढीमा कांग्रेसलाई पछ्याउँदै कांग्रेस (बीपी)



अ+ अ-

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा नेपाली कांग्रेसले सुरुआती अग्रता लिएको छ ।

यहाँ नेकाको असन्तुष्ट समूहले नेतृत्व गरेको कांग्रेस (बीपी)ले पछ्याइरहेको छ ।

कांग्रेसका तर्फबाट अध्यक्षका प्रत्यासी ईन्द्रबहादुर कार्कीले ५०० मत ल्याएका छन् । उपाध्यक्षमा कांग्रेसकै ज्ञानुकुमारी सेटीले ४५२ मत ल्याएर अग्रता लिएकी छन् ।

कांग्रेस (बीपी)का अध्यक्ष उम्मेदवार सुरेन्द्रबहादुर मालीले २७६ मत ल्याएका छन् । उपाध्यक्षमा भने एमालेका ईन्द्रबहादुर महराले २७५ मत ल्याएर दोस्रो स्थानमा छन् । माओवादी केन्द्रका उपाध्यक्ष उम्मेदवार चन्द्रबहादुर मल्लले १४० मत ल्याएर तेस्रो स्थानमा छन् ।

यो पालिकामा कांग्रेसविरुद्ध नेपाली कांग्रेस (बीपी) र एमालेले चुनावी तालमेल गरेका थिए ।

डडेल्धुराकै अमरगढी नगरपालिकामा पनि नेपाली कांग्रेसले अग्रता लिएको छ । ५०५ मत गणना हुँदा नेपाली कांग्रेसका उम्मेदवार डिल्लीराज जोशीले २३४ मत पाएका छन् ।

उनलाई नेपाली कांग्रेस (बिपी)का उम्मेदवार हरिप्रसाद भट्टले पछ्याइरहेका छन् । उनले २०४ मत पाएका छन् ।

उपप्रमुखमा कांग्रेसका पार्वतीदेवी झुकालले २३७ मत ल्याएर अग्रता लिएका छन् । उनलाई एमालेका यज्ञराज अवस्थीले २०२ मतसहित पछ्याइरहेका छन् ।