२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरा महानगरपालिकाको मतगणना गर्ने तयारी



अ+ अ-

पोखरा । शुक्रबार सम्पन्न निर्वाचनअन्तर्गत पोखरा महानगरपालिकाको आज मतगणना गर्ने तयारी गरिएको छ ।

मतगणनाका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले बिहान ७ः३० बजे सर्वदलीय वैठक बोलाएको निर्वाचन कार्यालय कास्कीका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए ।

मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला समन्वय समितिको हलबाट गर्नेगरी तयारी गरिएको उनले बताए ।

सर्वदलीय वैठकपछि मतगणना गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

भूगोलका हिसाबले देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकामा कूल दुई लाख सात हजार ७१२ जना मतदाता रहेकामा शुक्रबारको निर्वाचनमा करिब ६७ प्रतिशत मत खसेको थियो ।