१९ मंसिर २०८२, शुक्रबार
,
Latest
सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्तो रह्यो उद्योगी व्यवसायीहरुको मतदान र पर्यवेक्षण



अ+ अ-

काठमाडौं । लोकतन्त्रको अत्युत्तम अभ्यास गर्ने प्रक्रियाको रुपमा रहेको निर्वाचनमा समाजमा सबै वर्ग तथा क्षेत्रले सक्रिय सहभागिता जनाएका छन् ।

देशभर आज स्थानीय तहको निर्वाचन भएको हो । निर्वाचनमा सक्रिय सहभागिता जनाउनका लागि निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले देशभरका उद्योग प्रतिष्ठानमा बिदा नै दिएको थियो । यस्तै, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सले पनि सक्रिय सहभागिता जनाउन आग्रह गरेको थियो ।

संविधान घोषणापछि दोस्रो पटक हुनलागेको निर्वाचनमा सक्रिय सहभागिता जनाउनु र सहभागीता जनाउनु सबै नागरिकको कर्तव्य रहेको भन्दै व्यावसायीक संघसंस्थाले सार्वजनिकरुपमा नै आह्वान गरेका थिए । यसै क्रममा बैंकर, व्यवसायी तथा उद्योगीले पनि सक्रियताका साथ सहभागी भएका हुन् ।

निर्वाचनमा उद्योगी व्यवसायीदेखि बैंकर सहभागी भएको तस्विर सार्वजनिक गरेका छन् । लोकतन्त्रमा आफ्ना प्रतिनिधि छान्ने अधिकार भएको भन्दै व्यवसायीले अन्य नागरिकलाई पनि मतदान गर्न आग्रह गरेका थिए ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, बैंकर अनिल केशरी शाहले सक्रियताका साथ मतदान गर्नुभएको छ ।

उद्योगी तथा नेपाली कांग्रेसका सांसद बिनोद चौधरीले नवलपुरको देवचुली नगरपालिका–२ को दिव्य युवा समाज भटक मतदान केन्द्रबाट मतदान गर्नुभएको हो ।

महासंघका अध्यक्ष शेखर गोल्छाले पनि काठमाडौँको सितापाइला स्कुलबाट मतदान गर्नुभएको छ । अध्यक्ष गोल्छाले मतदानपछि सामाजिक सञ्जाल ट्वीटरमा लेख्नुभएको छ “मलाई मेरो संविधानले दिएको सबैभन्दा ठूलो शक्ति ।”

महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले पनि काठमाडौँको विशालनगरमा रहेको मतदान केन्द्रमा मतदान गर्नुभएको छ । आइएमई समूहका अध्यक्षसमेत रहनुभएका ढकालले अन्य मतदातासमेतलाई सक्रियताका साथ मतदानमा भाग लिन आग्रह गर्नुभएको थियो ।

नेपाल उद्योग वाणिज्य महासंघकै पूर्वअध्यक्ष पशुपति मुरारकाले काठमाडौँको थापाथलीको गुहेश्वरी माविबाट मतदान गर्नुभएको छ । उहाँले मतदानपछि सामाजिक सञ्जालमा लेख्नुभएको छ “भोट हालियो, आशा गरौँ हाम्रो एक एक भोटले काठमाडौँको मुहार फेरिने छ ।”

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले काठमाडौँ महानगरपालिका–१ नारायणी हिटी दरबार मतदान केन्द्रबाट आफ्नो अधिकारको प्रयोग गर्नुभयो ।

उहाँले मतदानपछि लेख्नुभएको छ “मैले भोट गरेँ, के तपाईंले गर्नुभयो रु यदि छैन भने कृपया आफ्नो मतदान केन्द्रमा जानुहोस् र गरिहालनुस् ।”

यस्तै, आइएमई समूहका प्रबन्धनिर्देशक हेमराज ढकालले काठमाडौँको विशालनगरमा रहेको मतदान केन्द्रमा मतदान गर्नुभएको छ । अन्य व्यवसायीले पनि आफ्नो पायक पर्ने स्थानमा पुगेर मतदान गर्नुभएको छ ।

शहरी क्षेत्रका व्यवसायी तथा उद्योगीले आज आफ्नो व्यवसाय तथा उदोग धन्दा नै बन्द गरेर सक्रियताका साथ मतदानमा सहभागिता जनाएका छन् ।

उद्योगी व्यवसायीहरुद्वारा निर्वाचन पर्यवेक्षण

यसैबीच नेपाल उद्योग वाणिज्य महासंघ सहित उद्योगी व्यवसायीहरुको टोलीले काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न मतदान केन्द्रको निर्वाचन पर्यवेक्षण गरेको छ । त्यस क्रममा निर्वाचनको तयारी तथा मतदान प्रक्रिया व्यवस्थित रहेको र नागरिकहरु मतदानका लागि निकै उत्साहित रहेको आफूहरुले पाएको वरिष्ठ उपाध्यक्ष ढकालले जानकारी दिनुभयो । रासस