७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar इक्यान झापाद्वारा विपद् राहत कोषमा दश लाख प्रदान News Polar रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त News Polar बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु News Polar मुख्यमन्त्री आचार्यद्वारा सतर्कता अपनाउन आग्रह News Polar भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धार, राहत र पुनर्निर्माण सरकारको उच्च प्राथमिकतामा : मन्त्री श्रेष्ठ News Polar बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो News Polar भोटेकोशी बाढीका बेपत्तालाई मृतकसरह कानुनी मान्यता दिन सरकारसँग दुलालको माग News Polar नव नेपाल निर्माणको सङ्कल्पका साथ प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घमा News Polar रसुवा बाढीपीडित महिला तथा बालबालिकाको सुरक्षा चुनौतीपूर्ण छ, सरकारको ध्यान जाओस्ः मनिष झा News Polar विद्युत सेवा भरपर्दो र ग्राहककेन्द्रित बनाउन ऊर्जामन्त्री श्रेष्ठको निर्देशन News Polar भोटेकोशी बाढीबारे ऊर्जामन्त्री श्रेष्ठले आज संसद्लाई जानकारी दिने News Polar भोटेकोशी बाढीपछि पुनर्निर्माणमा युवा शक्ति परिचालन गर्न सांसद बुढामगरको माग News Polar राष्ट्रिय महिला आयोगद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस News Polar प्रतिनिधि सभाः महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब

मतदान भइरहेका बेला विमानस्थलमा भेटिएका मानसिंह हरु…

मतदान भइरहेका बेला विमानस्थलमा भेटिएका मानसिंह हरु…
अ+ अ-

काठमाडौँ । उमेर साढे आठ दशक । शुक्रबार देशभर स्थानीय तह निर्वाचनको मतदान भइरहेका बेला छोराबुहारीलाई बिदाई गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्ष अगाडि टोलाइरहनुभएको थियो काठमाडौँ बनस्थलिका मानसिंह विष्ट ।

यो उमेरका विष्टलाई बुढेसकालमा छोरालाई विदेश पठाउन फिटक्कै मन छैन तर उहाँले रोक्न पनि सक्नुहसन्न । निर्वाचनको दिन निजी तथा सार्वजनिक सवारीसाधन नचलेकाले अनेक प्रयास गरेर विमानस्थलसम्म आइपुगेको बताउने विष्टका आँखा एकाएक रसाए । छोरा किसन र बुहारी कमलालाई विदेश पठाउन आएको उहाँले बताउनुभयो ।

“विमानस्थल आउने हतारोले निर्वाचनमा भाग लिन पाइएन । आफ्नो प्रतिनिधि चयन गर्ने अवसर गुमाउनु प¥यो ” किसनले सुनाउनुभयो । आफ्नो टोलका सबै छिमेकी निर्वाचनमा सक्रिय सहभागी भइरहेको मानसिंहलाई थाहा छ । मत दिने मन त उहाँलाई पनि छ तर दक्षिण कोरिया उड्ने छोरालाई बिदाई नगरी उहाँ घरमै बस्न सक्नुभएन ।

“ छोरा घर फर्केर आउँदा खुसी हुने मन विदेश उड्न लाग्दा भने साह्रै दुख्दोरहेछ ” मानसिंहले गहभरी आँशु पार्दै भन्नुभयो, “यो बाध्यतालाई देश बनाउँछु भन्नेहरुले बुझिदिए कत्ति राम्रो हुन्थ्यो होला ।”

स्थानीय निर्वाचनका कारण सवारीसाधन नचलेकाले धेरै टाढा टाढादेखि अनेकन दुःख गरेर विमानस्थल आइपुगेको बताउनेहरु धेरै थिए । तर, अन्य दिन भन्दा विमानस्थलमा आज चाप अलिक कम थियो ।

हरेक दिन सपना बोकेर उड्नेहरु कोही सकुसल फर्किएका छन् भने कोही बाकसमा बन्द भएर । रोजगारीको खोजीमा भौतारिएकाहरु मलिन मुद्राका साथ प्रस्थान कक्ष अगाडि उभिइरहेको दृश्यले धेरैको मन बिथोलिन्छ ।

औपचारिक तथ्याङ्कका आधारमा हरेक दिनजसो दुई हजार नेपाली रोजगारीको खोजीमा विदेशिरहेका छन् । श्रम र पसिना बिक्री गर्न विदेशिएका नेपालीले नै पठाएका विप्रेषणले मुलुक चलेको छ । विप्रेषण कम हुँदा देशको अर्थतन्त्र धरमराउन लागेको तथ्य पनि हाम्रा सामु छ । तर, देशभित्र महत्वपूर्ण चाड चलिरहेको बेला विदेशिनुपर्ने बाध्यता आफँैमा हृदयविदारक दृश्य भन्दा फरक थिएन । धेरै मानसिंहले बुढेशकालका सहारालाई विदेश पठाएर प्रतिक्षाका दिनहरु भित्तेपात्रोमा गनेर बसेका छन् ।

निर्वाचनमा आफ्नै परिवारको सदस्य उम्मेदवार भए पनि आज राति १० बजे कतार उडन लाग्नुभएका धनुषा मिथिला नगरपालिकाका तेजनारायण यादवको मुहारमा खुसी थिएन । उहाँको काका नै प्रमुखको उम्मेदवार हुनुहुन्छ ।

“देशभित्र रोजगारी छैन, खानु प¥यो परिवार पाल्नु प¥यो, निर्वाचन भनेर बस्ने अवस्था पनि रहेन” यादवले भन्नुभयो “ सामान्य झोला भिरेका यादवले भन्नुभयो “म र म जस्ताको दुःख सम्बोधन गर्ने गरी यस पटकको निर्वाचनले नेतृत्व छानिदिए अर्को पटक म पनि विदेश जान्न थिएँ ।”

धनुषादेखि बिरामी बोक्ने एम्बुलेन्समा कोचिएर सङ्घीय राजधानी उत्रनु भएका यादव रासससँगको कुराकानीकै क्रममा मलिन सुनिनुभयो । उहाँको गला अवरुद्ध भइरहेको थियो । “परिवार छाडेर विदेश जान त कहाँ मन छ र रु तर बाध्यता छ हजुर, बाध्यता ।” पाँच महिनाको छुट्टी लिएर आउनु भएका यादव कतारमा टाइम किपरको काम गर्नुहुन्छ ।

उहाँको अपेक्षा छ, विदेश जानुपर्ने बाध्यताको अन्त्य हुने गरी निर्वाचित हुनेले काम गरिदिए आफूलाई असाध्यै खुसी लाग्ने बताउनुभयो । कतार एयरबेजल यादवलाई राति १० बजे मात्रै बोकेर उड्छ । खाना न पानीका साथ विमानस्थलको प्रस्थान कक्ष अगाडिको घडीमा कहिले आँखा पुग्छ त कहिले आफू जस्तै विदेश जान आएकाको भीडमा ।

एउटै समूहमा भेटिनुभयो मोरङ उर्लाबारी अशोक राउत, झापा हल्दीबारीका गङ्गा कटुवाल र उदयपुरका नगेन्द्र मगर । बिहीबारलाई दुबईको जहाज नआएपछि होटलमा बस्नु परेको यर्थाथ सुनाउँदै राउतले भन्नुभयो “ निर्वाचन भनेर बसेर पनि भएन । यहाँ रोजगारी छैन, कमाई खाने बाटो छैन । यो बाध्यता छ हामीलाई ।”

बहराइनमा विगत पाँच वर्षदेखि चालकको रुपमा कार्यरत राउतले भन्नुभयो “निर्वाचनले हामी जस्ता परदेशीलाई स्वदेशमा नै बस्ने वातावरण बनाओस् भन्ने अपेक्षा छ ।” तीनै जनाको ‘लगेज’ एउटै ट्रलीमा घिसारिरहनु भएका नगेन्द्र मगरलाई राजनीतिक नेतृत्वले देश विकास भन्दा पनि आफ्नो व्यक्तिगत स्वार्थमा लागेको कुरा पटक्कै मन परेको रहेनछ । “निर्वाचनको दिन विदेश उड्न त मन थिएन नी । तर, राजनीतिक नेतृत्वले कहिल्यै हामीहरु जस्ताको चाहना र आवश्यकताको सम्बोधन गर्न सकेन ।”

“देशभित्रै रोजगारी होओस्, घरमै बसेर काम गरी खान पाइयोस् भन्ने मेरो पनि चाहना छ । तर, कहिल्यै त्यो अवसर आएन” मगरले भन्नुभयो । झापा हल्दीबारीका कटुवाललाई झापामा आज भइरहेको निर्वाचनको माहोल झल्झली आँखामा आइरहेको छ । ट्रली धकेल्दै उहाँले भन्नुभयो “निर्वाचन भनेर भएन । हाम्रो दुःख बुझिदिने कुनै नेता भएनन् । प्रभाव र पहुँच नहुनेले देशभित्र रोजगारीको अवसर पाउन मुस्किल भएको उहाँको गुनासो छ ।

सरकारले सबै नेपालीलाई देशभित्रै राख्न सकेको अवस्थामा विकासको शिखरमा पुग्न कुनै आइतबार कुर्नु नपर्ने उहाँको भनाइ छ । व्यवस्था परिवर्तन भयो । नागरिकले सङ्घर्ष गरेर ल्याएको राजनीतिक प्रणालीमा चरित्र भने पुरानै रहेको र नातावाद मौलाएकामा उहाँको आपत्ति छ ।

त्यस्तै, बुटवलका विष्णु पौडेल भने सुन्धाराको एक होटलमा नै राहदानी छाडेर विमानस्थल पुग्नु भएको रहेछ । रासस टोलीलाई विमानस्थलमा देखेपछि उहाँले तपाईहरु सरकारी कर्मचारी हो भन्ने प्रश्न गर्नुभयो । हामीले हामी कर्मचारी होइनौँ, पत्रकार हौ भनेपछि आफ्नो अवस्था सुनाउन अगाडि सर्नुभयो ।

आफ्नो झोला खोतल्दै एक अमूक पार्टीको स्टिकर निकाल्नुभयो । तर, राजनीतिक नेतृत्वप्रति गुनासो गर्न पनि छाड्नु भएन । राहदानी नै नभइ विदेश उड्न पाइएला त रु उहाँको जिज्ञासा थियो । हामीले राहदानी नभइ विदेश उड्न नपाइने बताएपछि हामीले नै होटलको नम्बर पत्ता लगाइदियौँ । होटल सञ्चालकले राहदानी ल्याइदिने बताएपछि ढुक्क देखिनु भएका पौडेल पनि निर्वाचनको दिन विदेश जानु बाध्यता भएको बताउनुहुन्छ । “खाडी जान्छु भन्दा पनि वातावरण भएन” उहाँले भन्नुभयो । गाँउको विकास निर्माणको काममा राजनीतिक नेतृत्वले गरेको बदमासी आँखा चिम्लेर बस्ने कार्यकर्ताप्रति समेत उहाँले गुनासो गर्नुभयो ।

विमानस्थलमा कोही आफ्ना छोरा बिदाई गर्न आएका आमाहरु भेटिए । कोही श्रीमान् बिदाई गर्न लालाबाला बोकर आएकाहरु पनि भेटिए । देशमा लोकतन्त्रको अभ्यास भइरहेको बेला विमानस्थलमा भेटिएका कोही कसैको मनमा पनि खुसी देखिँदैनथ्यो ।

निराश, हतास अनि मलिन अनुहारमा भेटिएका अधिकांशले देश बनोस्, देशभित्रै रोजगारी पाइयोस् भन्ने अपेक्षा भने गरेका थिए । दुखित मन लिएर उड्नेहरु कति खुसी भएर फर्केलान् कति अझै दुःख भोगेर फर्केलान् त्यो भने अहिल्यै भन्न सकिने अवस्था छैन । तर, यसरी देशमा चुनाव भइरहेकै बेला विदेशीने रहर भने कसलाई पो होला र ? रमेश लम्साल, अशोक घिमिरे र कृष्णराज गौतम /रासस