२४ भाद्र २०८३, बुधबार
,
Latest
पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह गायक नवीन पौडेल राहत सामग्री लिएर बाढी प्रभावित क्षेत्रमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

दार्चुला सदरमुकाममा खानेपानी पाइप लाइनको काम धमाधम



अ+ अ-

दार्चुला । सदरमुकाम खलङ्गाका चौबिसै घण्टा खानेपानीको सुविधा पुर्‍याउने गरी अहिले पाइप लाइन खोदानको काम धमाधम भइरहेको छ । महाकाली नगरपालिका–४ र ५ का प्रत्येक घरधुरीमा २४ सै घण्टा खानेपानीको पहुँच पुर्‍याउन नयाँ लाइनको काम भइरहेको हो ।

एसियाली विकास बैंकको अनुदान र नगर विकास कोषको ऋण लगानीमा खलङ्गा खानेपानी तथा सरसफाइ आयोजनाको निर्माणको काम अहिले भइरहेको छ । एक वर्षभित्रै सदरमुकाम खलङ्गा बासिन्दालाई स्वच्छ खानेपानी पहुँच पुर्‍याउने उद्देश्यले पाइप लाइन विस्तारको काम तीव्र गतिमा भइरहेको आयोजना निर्माणमा प्राविधिक सहयोग गरिरहेको (इ–टेक) नेपालका कन्सट्रक्सन सुपरिभिजन इञ्जिनीयर कुबेरबहादुर सिंहले जानकारी दिनुभयो ।

कूल रु २९ करोड लागतमा सम्पन्न हुने आयोजना निर्माणका लागि एसियाली विकास बैंकले कूल लागतको ७० प्रतिशत, स्थानीय जनश्रमदान पाँच प्रतिशत र २५ प्रतिशत नगर विकास कोषको ऋण लगानी रहेको छ । आयोजनाअन्तर्गत गल्फै, बीच बजार र बङ्गाबगड क्षेत्रमा पाइपलाइन खोदानको काम भइरहेको छ । धौलीगाड मुहान रहेको गल्फै क्षेत्रमा अहिले मुहान इन्टेक, कलेक्सन च्याम्बर, पानी सङ्कलन ट्याङ्की र पालेघर भवन निर्माणाधीन अवस्थामा रहेको इञ्जिनीयर सिंहले बताउनुभयो । 

यस्तै गाराकु मुहान रहेको खलङ्गा बीच बजार क्षेत्रमा इन्टेक, कलेक्सन च्याम्बर र पानी थिग्र्याउने ट्याङ्की निर्माणाधीन अवस्थामा रहेको छ । यस्तै बङ्गाबगड क्षेत्रमा धारा जडान र ट्याङ्की मर्मतको कार्य छिट्टै सञ्चालन गर्ने योजना छ ।

खानेपानीका संरचनासँगै महाकाली–५ भौराबगडमा सार्वजनिक शौचालय र आयोजना समितिको कार्यालयसमेत निर्माणाधीन अवस्थामा छ । वडा नं ४ र ५ मा गरी दुई हजार २८६ खानेपानीका धारा निर्माण हुनेछन् । यो आयोजना निर्माणका लागि आसिस-क्याब र ग्वाल्लेक निर्माण सेवा जेभीले ठेक्का पाएको छ । अबको एक वर्षभित्र नगरपालिकाका हरेक घरमा खानेपानी पुग्ने आयोजनाले जनाएको छ । अहिले खलङ्गाका सबै क्षेत्रमा नियमित पानी आपूर्ति नहुँदा उपभोक्ताले समस्या झेल्दै आएका छन् । (रासस)