७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त News Polar बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु News Polar मुख्यमन्त्री आचार्यद्वारा सतर्कता अपनाउन आग्रह News Polar भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धार, राहत र पुनर्निर्माण सरकारको उच्च प्राथमिकतामा : मन्त्री श्रेष्ठ News Polar बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो News Polar भोटेकोशी बाढीका बेपत्तालाई मृतकसरह कानुनी मान्यता दिन सरकारसँग दुलालको माग News Polar नव नेपाल निर्माणको सङ्कल्पका साथ प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घमा News Polar रसुवा बाढीपीडित महिला तथा बालबालिकाको सुरक्षा चुनौतीपूर्ण छ, सरकारको ध्यान जाओस्ः मनिष झा News Polar विद्युत सेवा भरपर्दो र ग्राहककेन्द्रित बनाउन ऊर्जामन्त्री श्रेष्ठको निर्देशन News Polar भोटेकोशी बाढीबारे ऊर्जामन्त्री श्रेष्ठले आज संसद्लाई जानकारी दिने News Polar भोटेकोशी बाढीपछि पुनर्निर्माणमा युवा शक्ति परिचालन गर्न सांसद बुढामगरको माग News Polar राष्ट्रिय महिला आयोगद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस News Polar प्रतिनिधि सभाः महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब News Polar सुनचाँदीको मूल्यमा सामान्य वृद्धि News Polar प्रतिकूल मौसममा विद्यालय सञ्चालनबारे स्थानीय अवस्थाअनुसार निर्णय लिन प्याब्सनको आग्रह

देउवाले चुनाव रोक्ने प्रस्ताव गरेको ओलीको खुलासा

देउवाले चुनाव रोक्ने प्रस्ताव गरेको ओलीको खुलासा
अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले वैशाख ९ गतेसम्म पनि आफूलाई मतदान सार्न प्रस्ताव गरेको दाबी गर्नुभएको छ ।

शुक्रवार स्थानीय तह निर्वाचन २०७९ को अवसरमा भक्तपुरको सूर्यविनायकस्थित महेन्द्रशान्ति विद्यालय ‘क’ मतदान केन्द्रबाट भोट हाल्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो ।

मतदानपछि सञ्चारकर्मीहरुसँग बोल्दै उहाँले प्रधानमन्त्री देउवाले गत वैशाख ९ गतेसम्म पनि औपचारिक रुपमा वैशाख ३० बाट चुनाव सार्ने प्रस्ताव गरेको बताउनु भयो ।

उहाँले आफ्नो अस्वीकारले सहमति नमिलेपछि चुना तोकिएकै समयभित्र भएको बताउनु भयो । अध्यक्ष ओलीले देश मुलतः दुई दलीय प्रणालीतर्फ गएको बताउनु भयो । दुई दलीय प्रणालीमा एकातर्फ एमाले र अर्कोतर्फ काँग्रेसहितका दलहरु रहेको बताउनु भयो । अध्यक्ष ओलीले नेपाली काँग्रेस पार्टी अब वडा तहमा समेत एक्लै लड्न नसक्ने स्थितिमा रहेको बताउनु भयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘प्रधानमन्त्री शेरबहादुर देउवाले वैशाख ९ गते मलाई स्थानीय निर्वाचन पर सारौँ भन्ने औपचारि प्रश्ताव पठाउनुभएको थियो । धाक लगाउने कुरा होइन, मैले अस्वीकार गरेर देशलाई द्वन्द्वतिर नधकेल्नुस्, अलोकतान्त्रिक बाटो नहिँड्नुस्, भनेर उहाँलाई राम्रैसँग खबर पठाएको थिएँ । निर्वाचन रोक्ने कुरामा सहमति हुन नसकेपछि र कानूनले बाध्यता भएपछि उहाँहरु तयार हुनुभएको हो । ९ गतेसम्म पर सारौँ भन्नुहुन्थ्यो । आज आफैँले शंकाको बीचमा भोट हाल्नुभयो होला नि भन्नुभएको छ तर शंका होइन, सप्रमाणको कुरा बाहेक केही छैन । मैले यो कुरा भनेको थिइनँ । देश मुलतः दुई दलीय प्रणालीतर्फ गएको देखिन्छ । काँग्रेस पनि एक्लै चुनाव लड्ने स्थितिमा रहेन । वडासम्म पनि एक्लै लड्ने हिम्मत रहेन ।’

अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचनमा जनताको सहभागीता उल्लेख्य र उत्साहजनक रहेको बताउनु भयो । उहाँले केही स्थानमा लोकतन्त्रको मूल्य मान्यता विपरित गठबन्धनले आक्रमणका घटनाहरु गरिरहेको बताउनु भयो । अध्यक्ष ओलीले नेकपा ९माओवादी केन्द्र० तर्फ लक्षित गर्दै अहिले पनि केही स्थानमा २०६४ मा झैँ बुथ कब्जा गरेर जित्नका लागि विभिन्न आक्रामक गतिविधि गरिरहेको आरोप लगाउनु भयो । उहाँले नेपाली काँग्रेस र नेकपा माओवादीले यस्ता अवाञ्छित गतिविधि गरिरहेको बताउनु भयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘यो स्थानीय तहको निर्वाचन एउटा नियमित निर्वाचन हो । यो निर्वाचन दुई महिनाअघि भइसक्नु पर्ने निर्वाचन हो तर पनि ढिलो गरी भएपनि समयभित्र नै भएको छ । जनतामा निर्वाचनको व्याघ्र प्रतिक्षा थियो । उत्साहका साथ सहभागिता रहेको छ । मैले विभिन्न स्थानको मतदानमा जनसहभागिता र उत्साहको जानकारी लिँदा जनताको सहभागिता राम्रो छ । केही ठाउँमा ५ गठबन्धनका दलहरुबाट आक्रमण गर्ने काम भइरहेको छ । लोकतान्त्रिक संस्कार, मूल्य मान्यताको अभाव हो, व्यवहारको अभाव हो । चुनाव भन्दा अघिदेखि पनि उहाँहरुको त्यस्तै खालको रबैया भएको थियो ।

लोकतन्त्रमा एउटा पार्टीले जित्छ कि जित्दैन भन्ने होइन, लोकतन्त्रले जित्नुपर्छ । यसअघि जित्नैपर्छ भनेर मान्छेलाई ट्रेण्ड गराउने भन्ने हुँदैन । यसअघि २०६४ को निर्वाचनमा हामीले गर्ने, नगर्ने सबै गरेका थियौँ, बुथ कब्जा गरेका थियौँ, त्यसरी जितेका थियौँ, पछि त्यसो गर्न छोडेर बिग्रियौँ भन्ने नेताहरुकै अभिव्यक्ति सुन्नुभएको होला । त्यही प्रशिक्षणबाट कार्यकर्ताहरुलाई प्रशिक्षण गर्न खोज्दा केही स्थानमा अवाञ्चछनीय खालका गतिविधि भएका छन् । खास गरी नेपाली काँग्रेस र माओवादीको तर्फबाट विभिन्न ठाउँमा त्यस्ता गतिविधि भएका छन्, त्यो उचित होइन । यस निर्वाचनले अपेक्षित परिणाम ल्याउँछ भन्नेमा विश्वास छ । त्यही परिणामसँग भयभीत भएर कतिपयले अवाञ्छित क्रियाकलाप गरिरहेका छन् ।’

अध्यक्ष ओलीलले स्थानीय तहको निर्वाचनले अपेक्षित परिणाम ल्याउनेमा विश्वस्त रहेको बताउनु भयो । उहाँले नेकपा एमालेले भनेको परिणामसँग डराउनेहरुले अवाञ्छित क्रियाकलाप गरिरहेको बताउनु भयो । स्थानीय तहको निर्वाचन आज देशभर एकसाथ भइरहेको छ । आम मतदातादेखि विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले आफ्नो स्थानीय तहमा पुगेर मतदान गरिरहने क्रम चलिरहेको छ ।