• १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
  •   Unicode
Logo
Latest
★   समृद्धिको आकाङ्क्षा पूरा गर्न लगानी सम्मेलन ऐतिहासिक कोशेढुङ्गा सावित हुनेछ: उद्योगमन्त्री भण्डारी (अन्तरवार्ता) ★   आर्थिक वृद्धिको गति बढाउने गरी योजना बनाउन आवश्यक: मन्त्री अर्याल ★   डढेलोले खोटाङमा तेह्र घर खरानी ★   ट्रयाक्टरले किचेर एकको मृत्यु ★   चित्रकलामा भविष्य खोजिरहेकी निर्मला ★   वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपाली टोलीको घोषणा ★   बसको ठक्करबाट तीर्थयात्रीको मृत्यु ★   यसरी स्मरण गर्नुभयो पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले स्व. मनमोहन अधिकारीलाई ★   मुख्यमन्त्री भएको १६ दिनपछि कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै ★   राष्ट्रिय विकास परिषद्को बैठक आज, १६औं योजनालाई अन्तिम रुप दिइने

देउवाले चुनाव रोक्ने प्रस्ताव गरेको ओलीको खुलासा



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले वैशाख ९ गतेसम्म पनि आफूलाई मतदान सार्न प्रस्ताव गरेको दाबी गर्नुभएको छ ।

शुक्रवार स्थानीय तह निर्वाचन २०७९ को अवसरमा भक्तपुरको सूर्यविनायकस्थित महेन्द्रशान्ति विद्यालय ‘क’ मतदान केन्द्रबाट भोट हाल्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो ।

मतदानपछि सञ्चारकर्मीहरुसँग बोल्दै उहाँले प्रधानमन्त्री देउवाले गत वैशाख ९ गतेसम्म पनि औपचारिक रुपमा वैशाख ३० बाट चुनाव सार्ने प्रस्ताव गरेको बताउनु भयो ।

उहाँले आफ्नो अस्वीकारले सहमति नमिलेपछि चुना तोकिएकै समयभित्र भएको बताउनु भयो । अध्यक्ष ओलीले देश मुलतः दुई दलीय प्रणालीतर्फ गएको बताउनु भयो । दुई दलीय प्रणालीमा एकातर्फ एमाले र अर्कोतर्फ काँग्रेसहितका दलहरु रहेको बताउनु भयो । अध्यक्ष ओलीले नेपाली काँग्रेस पार्टी अब वडा तहमा समेत एक्लै लड्न नसक्ने स्थितिमा रहेको बताउनु भयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘प्रधानमन्त्री शेरबहादुर देउवाले वैशाख ९ गते मलाई स्थानीय निर्वाचन पर सारौँ भन्ने औपचारि प्रश्ताव पठाउनुभएको थियो । धाक लगाउने कुरा होइन, मैले अस्वीकार गरेर देशलाई द्वन्द्वतिर नधकेल्नुस्, अलोकतान्त्रिक बाटो नहिँड्नुस्, भनेर उहाँलाई राम्रैसँग खबर पठाएको थिएँ । निर्वाचन रोक्ने कुरामा सहमति हुन नसकेपछि र कानूनले बाध्यता भएपछि उहाँहरु तयार हुनुभएको हो । ९ गतेसम्म पर सारौँ भन्नुहुन्थ्यो । आज आफैँले शंकाको बीचमा भोट हाल्नुभयो होला नि भन्नुभएको छ तर शंका होइन, सप्रमाणको कुरा बाहेक केही छैन । मैले यो कुरा भनेको थिइनँ । देश मुलतः दुई दलीय प्रणालीतर्फ गएको देखिन्छ । काँग्रेस पनि एक्लै चुनाव लड्ने स्थितिमा रहेन । वडासम्म पनि एक्लै लड्ने हिम्मत रहेन ।’

अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचनमा जनताको सहभागीता उल्लेख्य र उत्साहजनक रहेको बताउनु भयो । उहाँले केही स्थानमा लोकतन्त्रको मूल्य मान्यता विपरित गठबन्धनले आक्रमणका घटनाहरु गरिरहेको बताउनु भयो । अध्यक्ष ओलीले नेकपा ९माओवादी केन्द्र० तर्फ लक्षित गर्दै अहिले पनि केही स्थानमा २०६४ मा झैँ बुथ कब्जा गरेर जित्नका लागि विभिन्न आक्रामक गतिविधि गरिरहेको आरोप लगाउनु भयो । उहाँले नेपाली काँग्रेस र नेकपा माओवादीले यस्ता अवाञ्छित गतिविधि गरिरहेको बताउनु भयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘यो स्थानीय तहको निर्वाचन एउटा नियमित निर्वाचन हो । यो निर्वाचन दुई महिनाअघि भइसक्नु पर्ने निर्वाचन हो तर पनि ढिलो गरी भएपनि समयभित्र नै भएको छ । जनतामा निर्वाचनको व्याघ्र प्रतिक्षा थियो । उत्साहका साथ सहभागिता रहेको छ । मैले विभिन्न स्थानको मतदानमा जनसहभागिता र उत्साहको जानकारी लिँदा जनताको सहभागिता राम्रो छ । केही ठाउँमा ५ गठबन्धनका दलहरुबाट आक्रमण गर्ने काम भइरहेको छ । लोकतान्त्रिक संस्कार, मूल्य मान्यताको अभाव हो, व्यवहारको अभाव हो । चुनाव भन्दा अघिदेखि पनि उहाँहरुको त्यस्तै खालको रबैया भएको थियो ।

लोकतन्त्रमा एउटा पार्टीले जित्छ कि जित्दैन भन्ने होइन, लोकतन्त्रले जित्नुपर्छ । यसअघि जित्नैपर्छ भनेर मान्छेलाई ट्रेण्ड गराउने भन्ने हुँदैन । यसअघि २०६४ को निर्वाचनमा हामीले गर्ने, नगर्ने सबै गरेका थियौँ, बुथ कब्जा गरेका थियौँ, त्यसरी जितेका थियौँ, पछि त्यसो गर्न छोडेर बिग्रियौँ भन्ने नेताहरुकै अभिव्यक्ति सुन्नुभएको होला । त्यही प्रशिक्षणबाट कार्यकर्ताहरुलाई प्रशिक्षण गर्न खोज्दा केही स्थानमा अवाञ्चछनीय खालका गतिविधि भएका छन् । खास गरी नेपाली काँग्रेस र माओवादीको तर्फबाट विभिन्न ठाउँमा त्यस्ता गतिविधि भएका छन्, त्यो उचित होइन । यस निर्वाचनले अपेक्षित परिणाम ल्याउँछ भन्नेमा विश्वास छ । त्यही परिणामसँग भयभीत भएर कतिपयले अवाञ्छित क्रियाकलाप गरिरहेका छन् ।’

अध्यक्ष ओलीलले स्थानीय तहको निर्वाचनले अपेक्षित परिणाम ल्याउनेमा विश्वस्त रहेको बताउनु भयो । उहाँले नेकपा एमालेले भनेको परिणामसँग डराउनेहरुले अवाञ्छित क्रियाकलाप गरिरहेको बताउनु भयो । स्थानीय तहको निर्वाचन आज देशभर एकसाथ भइरहेको छ । आम मतदातादेखि विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले आफ्नो स्थानीय तहमा पुगेर मतदान गरिरहने क्रम चलिरहेको छ ।