११ भाद्र २०८३, बिहीबार
,
Latest
सरकारी कोषमा रकम जम्मा गर्दा कारोबार सीमा नलाग्ने रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीले दियो १० करोड बाढीपहिरो प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा पुनःस्थापनामा जुट्यो नेपाल टेलिकम, ६० साइट सञ्चालनमा आउन बाँकी भोटेकोशीको बाढीः रोल्पाका १६ व्यक्ति सम्पर्कविहीन भोटेकोशी बाढीः कैलालीका ४० जना सम्पर्कविहीन रसुवासहित प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा पुनःस्थापना, निःशुल्क सुविधा थप तीन दिन एमाले मधेस प्रदेशका सांसदले एक दिनको तलब बाढीपीडितलाई दिने उपराष्ट्रपति यादवद्वारा भोटेकोशी बाढीको विपत्तिमा एकजुट हुन आग्रह विपद व्यवस्थापन तथा मानवीय सहयोगको काममा एकजुट हुन कार्यवाहक प्रमुख डंगोलको अपिल विपद् प्रभावित क्षेत्रमा पशुपन्छी उद्धारका लागि प्राविधिक टोली परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापामा दुई मतदान अधिकृत कारबाहीमा



अ+ अ-

झापा जिल्ला निर्वाचन आयोगले झापाका दुई मतदान अधिकृतलाई कारवाही गरेको छ । कमल गाउँपालिका–६ स्थित पाणिनी माविको मतदान केन्द्र ‘ग’ मा खटिएका मतदान अधिकृत शैलेन्द्र कर्णलाई कारबाहीस्वरुप आयोगले फिर्ता बोलाएको छ ।

कर्णले बिहीबार एक उम्मेदवारलाई ८८ वटा मतदाता परिचयपत्र उपलब्ध गराएको बताइएको छ । सम्बन्धित व्यक्तिलाई मतदाता परिचयपत्र उपलब्ध गराउनुपर्नेमा उम्मेदवारलाई उपलब्ध गराएको भन्दै उनलाई कारबाही गरिएको आयोगले जनाएको छ ।

त्यसैगरी मादक पदार्थ सेवन गरेर मतदानस्थल पुगेका भन्दै झापा गाउँपालिका–६ का सहायक मतदान अधिकृत सुरेन्द्र बस्नेतलाई पन आयोगले कारबाही गरेको छ ।

झापा–६ शरणाामतिस्थित जनता मावि मतदान केन्द्र ‘ग’ मा खटिएका सहायक मतदान अधिकृत बस्नेतले मादकपदार्थ सेवन गरेको भन्ने गुनासो आएपछि आयोगले उनलाई मतदानस्थलबाट हटाएको छ ।