१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पौनै १२ बजेसम्ममा ३० प्रतिशत मत खस्यो



अ+ अ-

काठमाडौँ । आज भइरहेको स्थानीय तहको निर्वाचनमा बिहान ११ः४० सम्ममा करिब ३० प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिकराम पौडेलले मुलुकभर उल्लासपूर्वक मतदान भइरहेको बताउनुभयो ।

उहाँका अनुसार केही स्थानमा विभिन्न मतदान केन्द्रमा मतदान रोकिएको छ । ती स्थानमा सर्वदलीय बैठक बसाएर पुनः मतदान सुरु गर्ने प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो ।

आयोगका अनुसार दोलखा, सर्लाही र हुम्लाका केही मतदान केन्द्रमा मतदान प्रभावित भए पनि मतदान स्थगित नै गर्ने निर्णय भइसकेको छैन ।