२४ भाद्र २०८३, बुधबार
,
Latest
जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह गायक नवीन पौडेल राहत सामग्री लिएर बाढी प्रभावित क्षेत्रमा लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता घरेलु हतियारसहित तीन जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले केन्द्रीय कमिटी बैठक जारी



अ+ अ-

काठमाडौं । आइतबार पनि नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्दैछ । दुई दिनदेखि बसेको बैठकलाई एमालेले आज पनि निरन्तरता दिएको हो । 

ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको बैठकमा  समूहगत छलफलपछि नेताहरूले दिएको सुझाव र उठाएको प्रश्नमा अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव एवं संगठन विभाग प्रमुख विष्णु पौडेलले जवाफ दिनेछन् । 

एमालेको केन्द्रीय कमिटी बैठकमा असोज १५ देखि १७ सम्म आयोजना हुन लागेको प्रथम विधान महाधिवेशनमा पेश हुने राजनीतिक प्रतिवेदन, सांगठनिक र विधान संशोधनसम्बन्धी दस्तावेजमा छलफल चलिरहेको बताइएको छ । 

ती दस्तावेजमा छलफल गर्नका लागि केन्द्रीय कमिटीका सदस्यहरूको १० वटा समूह बनाइएको थियो । 

शुक्रबारदेखि शुरु भएको बैठकमा भूगोलका सात प्रदेशका सात तथा जनसङ्गठन, केन्द्रीय विभाग र विशेष प्रदेशका तीन गरी १० समूहले शनिबार तीनवटै प्रतिवेदनमाथि समूहगत छलफल गरेका थिए । 

आजको बैठकबाट प्रतिवेदन पारित गरिएपछि यही असोज १५ देखि १७ गतेसम्म हुने विधान महाधिवेशनमा ती दस्तावेश पेश गरिनेछ ।