२४ भाद्र २०८३, बुधबार
,
Latest
जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह गायक नवीन पौडेल राहत सामग्री लिएर बाढी प्रभावित क्षेत्रमा लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता घरेलु हतियारसहित तीन जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

माउन्टेन फ्लाइटको अनुभव लिँदै अफ्रिदी



अ+ अ-

काठमाडौं । नेपालमा एभरेष्ट प्रिमियर लिग (इपीएल) खेल्न आएका पाकिस्तानी स्टार क्रिकेटर शाहिद अफ्रिदीले आइतबार बिहान माउन्टेन फ्लाइट गरेका छन् ।

यति एयरलाइन्सले कोरोना भाइरसको महामारीपछि आइतबारबाट सुरु गरेको माउन्टेन फ्लाइटको सुरुवात अफ्रिदीसँगै गरेको हो ।

काठमाडौंबाट हुने उडानको क्रममा सगरमाथासहित दुई दर्जन अग्ला चुचुरोलाई अवलोकन गर्न सकिन्छ ।

यतिले ८८४८ रुपैयाँमा दुई वटा टिकट बिक्री गर्ने गरी पर्वतीय उडान सञ्चालनमा ल्याएको हो । हरेक आइतबार उडानको मनोरञ्जन लिन सकिनेछ । 

अफ्रिदीले शनिबार काठमाडौं किंग्स इलाभेनबाट ईपीएल खेलेका थिए । जसमा उनको टिम काठमाडौंले ललितपुर प्याट्रीयट्सलाई ७ विकेटले पराजित गरेको थियो । उनले अब एक खेलमात्रै खेलेर पाकिस्तान फिर्ता हुनेछन् ।