• १३ असार २०८१, बिहीबार
  •      Thu Jun 27 2024
  •   Unicode
Logo

मतदान गरेर फर्किएका वृद्धको बाटोमै मृत्यु



बैतडी । बैतडीमा मतदान गर्न गएका एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–३ कफल्डाका ८४ वर्षीय हरिसिंह भाट रहेका प्रहरी निरीक्षक दीपक विष्टले जानकारी दिनुभयो ।

भाटको आज बिहान सनातन धर्म मावि खोचलेकमा मतदान गरेपछि फर्कने क्रममा मतदानस्थल बाहिर पुग्ने बेला मुर्छा परेका र बाटोमै मृत्युु भएको प्रहरीले जनाएको छ ।