१६ असार २०८३, मंगलवार
,
Latest
सदर चिडियाखानामा बर्डफ्लु नियन्त्रणमा मौद्रिक नीतिले बैंकिङ क्षेत्रका विद्यमान चुनौती सम्बोधन गर्नेमा बैंकर्स संघ आशावादी बजेटको लक्ष्यलाई सघाउने गरी मौद्रिक नीति आउँछ, नीतिगत ‘डिस्कनेक्ट’ अन्त्य हुनुपर्छः डेपुटी गभर्नर पौडेल बिमवाङमा खेलमैदान निर्माण राष्ट्र बैंकद्वारा ३५ अर्बको ऋणपत्र जारी चुनावमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट मानवअधिकार संरक्षणमा समस्या : अध्यक्ष मगर चुनावमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा ५ मुद्दाका सक्कल मिसिल झिकाउन आदेश भोजपुरमा प्राविधिक कुटिए
तपाईं के खोज्दै हुनुहुन्छ ?

ईपीएलः चितवनद्वारा विराटनगर पराजित



अ+ अ-

काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा चितवन टाइगर्सले विजयी सुरुवात गरेको छ ।

आइतबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा विराटनगर वारिवर्सलाई चितवनले २ विकेटले पराजित गरेको हो । विराटनगरले दिएको १ सय ५२ रनको लक्ष्य चितवनले २० ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो ।

चितवनलाई जित दिलाउन राजेश पुलामीले अविजित रहदै सर्वाधिक ४३ रनको योगदानी दिए । यस्तै भिम सार्कीले ३० रन जोड्दा दिलिप नाथले २३ रन बनाए । विराटनगरका सिकन्दर राजा र करण केसीले २र२ विकेट लिए भने प्रतिस जिसी, अनिल खरेल र रायन पठानको नाममा १र१ विकेट रह्यो ।

यस अघि टस हारेर पहिले ब्याटिङ थालेको विराटनगरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५१ रन जोडेको थियो । विराटनगरका लागि सिकन्दर राजाले ६७ रनको अर्धशतकीय पारी खेल्दै ४७ बलमा ७ छक्का र २ चौका प्रहार गरे ।

यस्तै अनिल शाहले ३२ रन जोडे । चितवनका कप्तान सोमपाल कामी,कमल ऐरी,करिम जनत र सागर ढकालले २र२ विकेट लिए भने शाहब आलमले १ विकेट लिए । जितसँगै चितवन पहिलो खेलमा २ अंक जोड्न सफल रह्यो ।