१ भाद्र २०८३, सोमबार
,
Latest
श्रावण शुक्ल पञ्चमीः घरका ढोकामा नागको चित्र टाँसेर मनाइयो संसदमा भदौ १० गते प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची दलको आन्तरिक मामिलामा अदालत प्रवेश गर्नु हुँदैनः सभापति थापा मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध रास्वपामा कुनै गुट छैनः सभापति लामिछाने स्कट कुगेलेइन सुदूरपश्चिम रोयल्समा पुनः अनुबन्ध पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश कानुन समयानुकूल परिमार्जन र प्रभावकारी कार्यान्वयन हुनुपर्छः सभामुख अर्याल मानव बेचबिखनसम्बन्धी विधेयकमा विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत मल नीतिसम्बन्धी अध्ययन गर्न कार्यदल गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

युक्रेनका लागि आगामी २४ घण्टा महत्त्वपूर्णः राष्ट्रपति जेलेन्स्की



अ+ अ-

एजेन्सी । युक्रेनको रुससँगको लडाइका लागि आगामी २४ घण्टा महत्त्वपूर्ण हुने युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सोमबार बेलायती प्रधानमन्त्री बोरिस जोन्सनसँग फोनवार्ताको क्रममा भन्नु भएको युक्रेनको राष्ट्रिय समाचार एजेन्सीले उल्लेख गरेको छ।

सो अवसरमा जोनसनले बेलायत र अन्य सहयोगीहरूबाट युक्रेनमा पुग्ने रक्षात्मक सहायता सुनिश्चित गर्न आफूले सक्दो सहयोग गर्ने बताउनुभएको छ। यसैबीच, क्षेत्रीय सरकारका अनुसार दक्षिणी युक्रेनको बर्दियान्स्क शहर सोमबार बिहान रुसी सेनाले कब्जा गरेको थियो।

यद्यपि युक्रेनी सेनाले भने सोमबार कीभको अवस्था अझै नियन्त्रणमा रहेको बताएको छ ।

पछिल्लो घटनाक्रम अनुसार युक्रेनी प्रतिनिधिमण्डल बेलारुसको गोमेल क्षेत्रमा रुसी पक्षसँग वार्ताका लागि आइपुगेको स्पुतनिकले जनाएको छ।