२४ भाद्र २०८३, बुधबार
,
Latest
जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह गायक नवीन पौडेल राहत सामग्री लिएर बाढी प्रभावित क्षेत्रमा लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता घरेलु हतियारसहित तीन जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेमै रहने निर्णय लिँदै पूर्वमन्त्री पौडेलले छाडे माधव नेपालको साथ



अ+ अ-

काठमाडौं । पूर्वमन्त्री पुरुषोत्तम पौडेलले माधव नेपालको साथ छाडेर एमालेमै रहने निर्णय गरेका छन् । 

एमाले ब्युँतिएपछि माधव नेपालसँगै समानान्तर कमिटीमा रहँदै आएका पौडेल पार्टी विभाजनको एक महिनापछि एमालमै रहने निर्णयमा पुगेका हुन् ।

तत्कालीन एमालेको खेलकुद महासंघका अध्यक्ष पौडेल सुशील कोइराला नेतृत्वको सरकारमा खेलकुदमन्त्री बनेका थिए ।

अलग पार्टी बनाएर शक्तिलाई विभाजन गर्नुभन्दा पार्टीभित्रै बसेर समस्याहरूको समाधान गर्दै अघि बढ्ने प्रयास गर्नु बढी उपयुक्त देखिने उनले जनाएका छन् ।