३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

भारतका प्रधानमन्त्रीको पाँचौँ नेपाल भ्रमण : धार्मिक पर्यटनसँगै सहयोगात्मक सम्बन्ध सुदृढ हुने विश्वास

भारतका प्रधानमन्त्रीको पाँचौँ नेपाल भ्रमण : धार्मिक पर्यटनसँगै सहयोगात्मक सम्बन्ध सुदृढ हुने विश्वास
अ+ अ-

काठमाडौँ । बुद्ध जयन्तीको शुभ अवसरमा लुम्बिनीमा आगामी सोमबार आयोजना हुने विशेष समारोहमा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको औपचारिक भ्रमणमा आउँदै हुनुहुन्छ । आठ वर्षअघि भारतको प्रधानमन्त्री भएपछि हुनलागेको उहाँको यो पाँचौँ भ्रमण हो ।

धार्मिक एवं आध्यात्मिक प्रकृतिको भ्रमण भए पनि दुवै देशका प्रधानमन्त्रीबीच हुने वार्तालाई दुवै मुलुकका जनताले चासोका साथ नियालेका छन् । प्रधानमन्त्रीको यो भ्रमणले धार्मिक पर्यटनसँगै द्विदेशीय सहयोगात्मक सम्बन्ध सुदृढ हुने विश्वास गरिएको छ । गत चैतमा भएको प्रधानमन्त्री देउवाको भारत भ्रमण र त्यसक्रममा भएका सहमतिको कार्यान्वयन तथा भावी योजनाबारे उहाँहरूबीच विचारविमर्श हुने अपेक्षा गरिएको छ ।

पश्चिम सेती जलविद्युत् आयोजना निर्माणका निम्ति भारतसँग अनुरोध गर्ने प्रधानमन्त्री देउवाको सार्वजनिक अभिव्यक्तिले नेपाल र भारतका जनता उत्साहित भएका छन् । ऊर्जा सङ्कटले पिरोलिएका भारतका मित्रहरू नेपालमा उत्पादित बिजुली पाउने आशमा उत्साहित भएका हुन् भने अपार जलस्रोतको सम्यक सदुपयोग नहुँदा विकासको बाटोमा गतिहीन हुनुनपर्ने परिस्थितिको परिकल्पनामा नेपालीमा ऊर्जा थपिएको हो । यद्यपि उक्त आयोजना निर्माण गर्न लामो समय र विशाल पूँजी लाग्नेछ तर राजनीतिक नेतृत्वमा दृढ इच्छाशक्ति भएमा यस्ता परियोजना बनाउन सकिन्छ । आपसी समझदारी भएमा प्रारम्भिक चरणका प्रक्रियागत कामको थालनी शीघ्र गर्न सकिनेछ ।

प्रधानमन्त्री देउवासँगै भारतका प्रधानमन्त्रीले मायादेवी मन्दिरमा पूजाअर्चना गर्ने, लुम्बिनीको विहार क्षेत्रमा बौद्ध संस्कृति तथा सम्पदा केन्द्रको शिलान्यास गर्ने कार्यक्रमले गौतमबुद्धको जन्मस्थलको प्रचारप्रसारमा सहयोग हुने र अन्ततोगत्वा नेपालको पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने विश्वास गरिएको छ ।

सन् १९५० को शान्ति तथा मैत्री सन्धिको सबल आधारमा अघि बढिरहेको शताब्दीऔँ पुरानो बहुआयामिक नेपाल–भारत सम्बन्ध ऐतिहासिक, सामाजिक र सांस्कृतिकरूपमा मात्र नभई निकट छिमेकीका रूपमा द्विपक्षीय मैत्री अनुपम छ । विशेषगरी खुला सिमाना, एकअर्काको भूमिमा निर्वाध आवागमन, जनता–जनताबीचको गाढा सम्बन्ध, पारिवारिक नाता र समान सांस्कृतिक सम्पर्कले यसलाई अझ प्रगाढ तुल्याएको छ । नेपाल र भारतबाहेक संसारका कुनै पनि देशका नागरिक बिनाप्रवेशाज्ञा एकअर्काका मुलुकमा बिनारोकटोक आउजाउ र बन्द व्यापार गर्छन् । यद्यपि यसका बेग्लै नकारात्मक पक्ष छन् तिनको व्यवस्थापनमा दुवै देशले सधैँ सजग रहनुपर्ने बाध्यता पनि छ ।

सरकार प्रमुखको दायित्व र कार्यव्यस्तताका कारण उहाँ काठमाडौँसम्म आउन नसके पनि लुम्बिनीबाट प्रधानमन्त्री मोदीले द्विपक्षीय सम्बन्धमा नयाँ अध्याय थप्न खोजेको सन्देश दिनुभएको छ । शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीबारेको भ्रामक सूचना सधैँसधैँका लागि चिर्न र दुई छिमेकीबीचको धार्मिक र सांस्कृतिक सम्बन्धलाई विश्वसमुदायमा पु¥याउन उहाँको यो भ्रमण उपलब्धिमूलक हुनेमा विमति नहोला ।

भारतको प्राथमिकतामा रहेको नेपाल एक मात्र छिमेकी भएकाले पाँचौँपटक नेपाल भ्रमणमा आउने उहाँको यो यात्रा धार्मिक एवं सांस्कृतिक भए पनि भारतले नेपालसँगको सम्बन्धलाई महत्व दिएको दर्शाउँछ । प्रधानमन्त्री मोदीको नेपाल भ्रमणबाट भारतको ‘छिमेकी पहिलो नीति’लाई अगाडि बढाउन उपयोगी हुने तथा त्यसले भारत र नेपालबीच नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिएको सार्वजनिक अभिव्यक्ति भारत सरकारबाट आउनु नेपालका निम्ति सुखद हो ।

यसअघि जनकपुरस्थित जानकी मन्दिर, मुस्ताङको मुक्तिनाथ मन्दिर र काठमाडौँ आएका बेला पशुपतिनाथ मन्दिरलगायत प्रमुख हिन्दू तीर्थस्थलहरूको भ्रमण र प्रार्थनामा उहाँले बिताउनु भएका क्षणले नेपालका धार्मिक स्थलहरूको प्रचारप्रसारमा महत्वपूर्ण योगदान पुगेको छ ।

कूटनीतिमा ‘सफ्ट पावर’ को अहम् भूमिका हुन्छ जुन प्रधानमन्त्री मोदीका सांस्कृतिक एवं धार्मिक यात्रामा प्रतिविम्बित भएका अन्तर्राष्ट्रिय सम्बन्धका जानकारहरू बताउँछन् । आर्थिक सहयोग एवं पूर्वाधार विकास, व्यापार–वाणिज्य, पारवहन, ऊर्जा र जलस्रोतलगायत पारस्परिक सम्बन्धका समग्र पक्षमा छलफल गर्न र आत्मीय सम्बन्धलाई नवीकृत भ्रमणको उपयोग हुनुपर्ने उनीहरूको अभिमत छ ।

विश्वको उदीयमान अर्थतन्त्र र विकासको बाटोमा द्रुत गतिमा अघि बढिरहेको भारतबाट मुलुकले अपेक्षित लाभ हासिल गर्न नसकेको कटु यथार्थ हामीले बिर्सनु हुँदैन । र, झिनामसिना विषयलाई लिएर दुवै पक्षले दुई राष्ट्रबीचको अनुपम सम्बन्धमा आघात पार्ने गतिविधि कहिँकतैबाट पनि हुननहुने उनीहरू बताउँछन् । कार्यकारी सरकार प्रमुखको सर्वोच्च तहमा हुन लागेको यो भ्रमणबाट नेपाल र भारतबीचको धार्मिक, आध्यात्मिक, आर्थिक, शैक्षिक, सांस्कृतिक एवं कूटनीतिक सम्बन्ध अझ प्रगाढ भई पारस्परिक हित प्रवद्र्धन र सघन सहयोगात्मक बनाउन अधिक उपयोग गर्नुपर्ने उनीहरूको सुझाव छ ।

दुवै देशको हित र साझा भविष्यका लागि सहकार्य र साझेदारीलाई बढावा दिँदै सुरक्षासम्बन्धी मामिलामा आश्वस्त हुन तथा एकआपसका चाहना र आवश्यकताबारे जानकारी लिन यो भ्रमणबाट मद्दत पुग्ने मात्र नभई सम्बन्धको नवीकरण एवं आत्मीयता प्रकट गर्ने उपयुक्त अवसर हुनेछ ।

नेपाललाई अति कम विकसित मुलुकबाट स्तरोन्नति गरी सन् २०३० सम्ममा मध्यम आययुक्त विकासशील मुलुक बनाउने तथा दिगो विकासका लक्ष्य प्राप्त गर्ने नेपालको विकासका विषयलाई टेवा दिनेगरी भारतीय सहयोग जुटाउने प्रधानमन्त्रीतहमा हुने वार्तालाई अवसरका रूपमा नेपालले उपयोग गर्ने मौका पाउनेछ । द्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धि, व्यापार असन्तुलन घटाउने, एकअर्कालाई नजिकबाट बुझ्ने, सुखदुःख सुन्नेसुनाउने तथा साझा रणनीति तयार गर्दै विकासका चुनौती हटाउन भारतको साथ र सहयोगका निम्ति अनुरोध गर्न नेपालका निम्ति यो भ्रमण उपयुक्त हुनेछ । रासस