• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   तिलगंगा आँखा अस्पताल अब विश्वविद्यालय ! ★   लगातार दोस्रो जितसहित अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा ★   नेपाल आइडल करण परियारलाई प्रधानमन्त्री दाहालको गितार उपहार ★   लमजुङमा पहिरोले तीन घर पुरिँदा चारजना बेपत्ता ★   कास्कीमा पहिरोमा परेर दुई बालबालिकाको मृत्यु, एक घाइते ★   ट्रक पार्किङ स्थल निर्माणका लागि कोशी प्रदेश सरकारले छुट्यायो दुई करोड ★   विजुलीका पोलमा जताततै ‘सवि’ ! के होला त्यो ? ★   दोस्रो चरणको छानबिनका क्रममा २० जना पक्राउ, १५ अझै फरार ★   कोपा अमेरिकाः क्यानडाले पेरुलाई हरायो ★   युरो कपः इंग्ल्यान्ड समूह विजेता र डेनमार्क उपविजेता बनेर नकआउट चरणमा

बुद्धजयन्तीका अवसरमा भारतीय प्रधानमन्त्री मोदीले लुम्बिनीको भ्रमण गर्ने



फाइल फोटो

प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुद्ध पूर्णिमाको अवसरमा जेठ २ गते लुम्बिनीको औपचारिक भ्रमण गर्ने हुनुभएको छ ।

भारतीय विदेश मन्त्रालयले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार सन् २०१४ यता भारतीय प्रधानमन्त्री मोदीको यो पाँचौं नेपाल भ्रमण हुनेछ । भारतीय प्रधानमन्त्री मोदीले बुद्धजयन्तीका अवसरमा लुम्बिनीको भ्रमण गर्ने पराराष्ट्र मन्त्रालयले समेत विज्ञप्ति जारी गरी स्पष्ट गरेको छ ।

लुम्बिनीमा प्रधानमन्त्री मोदीले मायादेवी मन्दिरमा पूजाअर्चना गर्नुहुने छ । लुम्बिनी विकास कोषले नेपाल सरकारको संयोजकत्वमा आयोजना गरेको बुद्धजयन्ती कार्यक्रमलाई पनि मोदीले सम्बोधन गर्ने कार्यक्रम छ ।

त्यसैगरी उहाँले लुम्बिनी विहार क्षेत्रभित्र अन्तर्राष्ट्रिय बौद्ध महासङ्घ (आइबीसी), नयाँदिल्लीको प्लटमा बौद्ध संस्कृति र सम्पदा केन्द्र निर्माणका लागि हुने ‘शिलान्यास’ समारोहमा भाग लिने भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

सो अवसरमा दुवै प्रधानमन्त्रीबीच द्विपक्षीय भेटवार्तासमेत हुनेछ । “प्रधानमन्त्री मोदीको भ्रमणले हाम्रो छिमेकी पहिलो नीतिलाई अगाडि बढाउन भारत र नेपालबीच नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिएको छ। यसले दुवै देशका जनताको साझा सभ्यताको सम्पदालाई जोड दिन्छ”, विज्ञप्तिमा भनिएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री देउवासँगै भारतका प्रधानमन्त्रीले मायादेवी मन्दिरमा पूजाअर्चना गर्ने, लुम्बिनीको विहार क्षेत्रमा बौद्ध संस्कृति तथा सम्पदा केन्द्रको शिलान्यास गर्ने र विशेष समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ । लुम्बिनी अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र र सभा हलमा बुद्ध जयन्ती मनाउने तयारी गरिएको छ ।

भाारतीय प्रधानमन्त्री मोदीसँग परराष्ट्रमन्त्री डा नारायण खड्काले भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार लुम्बिनीमा रहँदा दुवै प्रधानमन्त्रीले नेपाल–भारत सहयोग र आपसी हितका विषयमा द्विपक्षीय वार्ता गर्नुहुनेछ । नेपालका प्रधानमन्त्रीले भारतका प्रधानमन्त्री र भ्रमणमा रहेका प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्नुहुनेछ ।

भारतका प्रधानमन्त्रीको आगामी भ्रमणले दुई देशबीचको सदियौंदेखिको सामाजिक–सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग पुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।