११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

परराष्ट्रमन्त्री खड्काको न्यूयोर्कमा द्वीपक्षीय भेटघाट, राष्ट्रिय झण्डा ओझेलमा



अ+ अ-

काठमाडौँ । संयुक्त राष्ट्रसंघको ७६ औँ महासभामा भाग लिनेक्रममा यतिबेला संयुक्तराज्य अमेरिकाको न्यूयोर्कमा रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्का द्वीपक्षीय भेटघाटमा व्यस्त रहनु भएको छ । भेटवार्ता कति फलदायी भयो त्यो त समयक्रमले बताउँदै जानेछ, तर नेपालको प्रतिनिधित्व गर्दै विभिन्न मुलुकका समकक्षीसँग भेटवार्ता गर्नु भएका परराष्ट्रमन्त्री खड्काका तस्वीरहरु भने स्वाभाविक देखिएका छैनन् ।  

परराष्ट्र मन्त्रालय र राष्ट्रसंघस्थित नेपाली नियोगले सार्वजनिक गरेका द्विपक्षीय भेटघाटका तस्वीरहरुमा नेपालको झण्डा कतै पनि देखिएका छैनन् । तर उहाँका समकक्षी सबैजसोका तस्वीरसँगै उनीहरुका देशका झण्डा छन् । 

अर्थात् डा. खड्काले अरु नै देशका झण्डाको आडमा बसेर द्विपक्षीय भेट गरेको प्रष्टै देखिएको छ, जुन नेपाली कुटनीतिक व्यवस्थापनको एउटा लाजमर्दो विषय हो ।
हतार हतारमा नियुक्ति, शपथ र सोही दिन अमेरिकाको न्यूयोर्कतर्फ उड्नु भएका खड्काले शनिबार ७६ औँ महासभाका लागि अध्यक्षमा चुनिनु भएका माल्दिभ्सका विदेशमन्त्री अब्दुल्ला शाहिदसँग भेटवार्ता गर्नुभयो । 

साथै, बंगलादेशका परराष्ट्रमन्त्री एके अब्दुल मोमेन, कुवेतका विदेशमन्त्री अहमद नासेर अल–मोहम्मद अल–अहमद अल जाबेर अल–सवाहसँग पनि द्विपक्षीय भेटवार्ता गर्नुभयो । 

बंगलादेशका विदेशमन्त्री एके मोमेनसँगको तस्वीरमा डा. खड्का बंगलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको तस्वीरको मुन्तिर देखिनु भएको छ । यसै गरी राष्ट्रसंघको शान्तिकार्य विभागको उपमहासचिव जो पिएगा लाक्वाँसँग भेटवार्ता समेत गर्नुभयो । 

परराष्ट्रमन्त्री डा खड्काले आइतबार भारतीय समकक्षी एस जयशंकरसँग भेटवार्ता गर्नु भएको छ । परराष्ट्रमन्त्री खड्काले सोमबार राष्ट्रसंघमा सम्बोधन गर्ने कार्यक्रम छ । 
राष्ट्रसंघमा यतिबेला परराष्ट्र मन्त्रालयका उच्च अधिकारी सम्मिलित प्रतिनिधिमण्डलका साथै राष्ट्रसंघस्थित नेपाली नियोग क्रियाशील छ । तर यति सामान्य शिष्टाचार र व्यवस्थापन पनि गर्न नसक्ने अवस्था कसरी सिर्जना भयो ? सर्वत्र आलोचना भइरहेको छ ।