१९ आश्विन २०८१, शनिबार
,
Latest
नाइजेरियामा दश हजारभन्दा बढीमा हैजा सङ्क्रमण, तीन सयभन्दा बढीको मृत्यु काठमाडौँबाट लमजुङ जाँदै गरेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते मदिराले मातेका बाबुले हँसिया प्रहार गर्दा छोराको मृत्यु शम्भुले सिकागो म्याराथनमा दौड्ने त्रिशूलीको बाढीले दुई जिल्ला जोड्ने झोलुङ्गे पुल जोखिममा मन्थली–काठमाडौँ आवागमन फेरि अवरुद्ध १३२ युनिट डेलिभरीका साथ बीवाईडीले हासिल ग-यो महत्वपूर्ण उपलब्धि इरानको तेल साइटमा आक्रमण नगर्न इजरायललाई राष्ट्रपति बाइडेनको चेतावनी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको ५१ लाख सहयोग नवरात्रको तेस्रो दिन आज शक्तिपीठमा भक्तजनको घुइँचो
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘माधव नेपालले एमालेलाई टर्च बालेर खोज्ने भन्नु मच्छरले सपनामा सिंगै हात्ती खाएजस्तै’



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालको आगामी चुनावमा केपी ओली नेतृत्वको नेकपा एमालेलाई टर्च बालेर खोज्नुपर्ने दिन आउने भन्ने अभिव्यक्तिलाई काउन्टर दिएका छन् । 

पार्टी केन्द्रीय कमिटीको बैठकमा समूहगत छलफलको क्रममा आएको सुझावबारे जवाफ दिँदै ओलीले माधव नेपालको उक्त अभिव्यक्तिलाई जवाफ फर्काउँदै मच्छरले निदाएको बेला सिंगै हात्ती खाएको सपना देख्नु र माधव नेपालले आगामी चुनावमा एमालेलाई टर्च बालेर खोज्नुपर्छ भन्नु उस्तै रहेको बताएका हुन् । 

ओलीले भने, ‘मच्छरले निदाएको बेला सिंगै हात्ती खाएको सपना देख्नु र माधव नेपालले आगामी चुनावमा एमालेलाई टर्च बालेर खोज्नुपर्छ भन्नु उस्तै हो ।,’ 

यस्तै पार्टी सरकारबाट हट्दैमा आत्तिनुनपर्ने बताउँदै ओलीले क्षणिकरुपमा धक्का खाएको भए पनि पार्टी सम्हालिएर अगाडि बढेको जनाउँदै चुनावमा के भनेर भोट माग्ने भन्ने अवस्था नरहेको बताए ।

यता, हेटौंडामा शनिबार भएको मकवानपुर जिल्लास्तरीय भेला तथा सपथग्रहण कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले आगामी चुनावको नतिजाले एमालेलाई टर्च बालेर खोज्नुपर्ने दिन आउने दाबी गरेका थिए ।