२४ भाद्र २०८३, बुधबार
,
Latest
जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह गायक नवीन पौडेल राहत सामग्री लिएर बाढी प्रभावित क्षेत्रमा लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता घरेलु हतियारसहित तीन जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

फुटसल लिगः राइजिङ र सबिन मेमोरियलले बराबरी खेले



अ+ अ-

पोखरा । राष्ट्रिय ‘ए’ डिभिजन फुटसल लिगमा द राइजिङ क्लब धरान र सबिन मेमोरियल एफसी पोखराबीचको खेल बराबरीमा सकिएको छ ।

पोखराको बहूदेशीय कभर्डहलमा आइतबार भएको खेलमा दुबै टिमले ५–५ गोलको बराबरी खेलेका हुन् ।

राइजिङका लागि सुदिप गुरुङले ह्याट्रिक गर्दा हेमन्त थापा मगरले दुई गोल गरे ।

सबिन मेमोरियलको लागि अविनाश तामाङ र मनिस क्षेत्रीले २र२ गोल गरे भने सुनिल बिकेले एक गोल गरे ।

खेलमा राइजिङका गोलकिपर सचिन श्रेष्ठ म्यान अफ दि म्याच चुनिए । लिगमा १० टिमबीच प्रतिस्पर्धा जारी छ ।

फुटसल लिगको विजेताले १० लाख र उपविजेताले ५ लाख पाउनेछन् ।