२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा बहुमतका संयोजक बाँस्तोला पक्राउ



अ+ अ-

काठमाडौं । नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोलालाई प्रहरीले बुधबार पक्राउ गरेको छ । उनी बुधबार पोखराको एक कार्यक्रम सकेर नेपालगञ्ज जान लागेका बेला प्रहरीले दाङको भालुवाङबाट पक्राउ गरेको बताइएको छ ।

नेपालगञ्ज जाने क्रममा बास्तोलालाई प्रहरीले भालुवाङबाट पक्राउ गरेको सो पार्टीको नवौं महाधिवेसन आयोजक समितिका सदस्य दीपक चलाउनेले जानकारी दिए ।

चलाउनेका अनुसार बास्तोलाकी श्रीमती बिरामी रहेकाले नेपालगञ्जमा श्रीमतीलाई भेट्न जाँदै गर्दा भालुवाङबाट पक्राउ गरिएको हो ।
नेत्रविक्रम चन्द विप्लवको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टी हालैमात्र विभाजन भएको थियो र त्यसपछि बाँस्तोलाले आफ्नो संयोजकत्वमा नेकपा बहुमत गठन गरेका थिए ।

उनले हिजो पोखरामा निर्वाचन बहिस्कार गर्न आह्वान गर्दै सभा गरेका थिए । विप्लव नेतृत्वले स्थानीय तहको निर्वाचनमा सहभागी भएको छ भने वास्तोलाको नेतृत्वको नेकपा बहुमतले भने निर्वाचन बहिष्कार गरेको छ ।