२४ भाद्र २०८३, बुधबार
,
Latest
जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह गायक नवीन पौडेल राहत सामग्री लिएर बाढी प्रभावित क्षेत्रमा लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता घरेलु हतियारसहित तीन जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

डोटीका नौवटै स्थानीय तहमा कांग्रेस अधिवेशन सम्पन्न



अ+ अ-

डोटी । सत्तारुढ दल नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत डोटीका नौवटै स्थानीय तहमा अधिवेशन सम्पन्न भएका छन् । शनिबार र आज सम्पन्न भएका यहाँका पालिकाका अधिवेशनमा सात पालिकामा सर्वसम्वत पदाधिकारी चयन भएका छन् भने दुईवटा पालिका बडिकेदार तथा बोगटान फुड्सिल गाउँपालिकामा निर्वाचन भएको छ । जसअनुसार दिपायल सिलगढी नगरपालिकामा गणेशबहादुर मलासी, शिखर नगरपालिकामा हर्कबहादुर बोगटी, पूर्वीचौकी गाउँपालिमा बलबहादुर खड्का, सायल गाउँपालिकामा तेजराज ओझा र आदर्श गाउँपालिकामा चन्द्रनाथ ओझा सभापति रहनुभएको छ ।

केआइसिंह गाउँपालिमा अर्जुनबहादुर बलायर, जोरायल गाउँपालिकामा मोहनराज मल्ल, बडिकेदार गाउँपालिकामा करुणाकर जोशी तथा आज भएको निर्वाचनबाट बोगटान फुड्सिल गाउँपालिकामा खडकसिंह बोहरा विजयी हुनुभएको छ । जोशी वीरेन्द्र कोड्केनीलाई पराजित गरी मतदानबाट विजयी हुनुभएको हो भने बोहरा बोगटान फुडसिल गाउँपालिकामा शेरबहादुर बम र चक्र केसीलाई पराविजत गरी बिजयी हुनुभएको कांग्रेस जिल्ला निर्वाचन समितिले जनाएको छ ।

नौवटै पालिकामा सौर्हादपूर्ण वातावरणमा अधिवेशन सम्पन्न भएको कांग्रेस जिल्ला सभापति प्रदीपकुमार देउवाले बताउनुभयो । उहाँले भन्नुभयो, “सौहार्दपूर्ण वातावरणमा अधिवेशन सम्पन्न भएका छन् ।”, यसअघि जिल्लाका ६५ वडामध्ये ६२ वडामा सर्वसम्मत नेतृत्व चयन भएको थियो । जिल्लाका सायल गाउँपालिका वडा नं १ र ५ तथा जोरायल गाउँपालिका–३ मा वडामा निर्वाचन भएको थियो ।