१९ आश्विन २०८१, शनिबार
,
Latest
नाइजेरियामा दश हजारभन्दा बढीमा हैजा सङ्क्रमण, तीन सयभन्दा बढीको मृत्यु काठमाडौँबाट लमजुङ जाँदै गरेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते मदिराले मातेका बाबुले हँसिया प्रहार गर्दा छोराको मृत्यु शम्भुले सिकागो म्याराथनमा दौड्ने त्रिशूलीको बाढीले दुई जिल्ला जोड्ने झोलुङ्गे पुल जोखिममा मन्थली–काठमाडौँ आवागमन फेरि अवरुद्ध १३२ युनिट डेलिभरीका साथ बीवाईडीले हासिल ग-यो महत्वपूर्ण उपलब्धि इरानको तेल साइटमा आक्रमण नगर्न इजरायललाई राष्ट्रपति बाइडेनको चेतावनी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको ५१ लाख सहयोग नवरात्रको तेस्रो दिन आज शक्तिपीठमा भक्तजनको घुइँचो
तपाईं के खोज्दै हुनुहुन्छ ?

जर्मनीमा शान्तिपूर्वक मतदान हुँदै, १६ वर्षपछि चान्सलर मर्केल नेतृत्वबाट बाहिरिने



अ+ अ-

एजेन्सी । जर्मनीमा आइतबार सबेरैदेखि संघीय संसदका लागि मतदान भइरहेको छ । सन् २००५ पछि निरन्तर सत्तामा रहेकी चान्सलर एङ्गेला मर्केलले यही निर्वाचनपछि राजनीतिबाट बिदा लिन बताउनुभएको छ । 

अठसट्ठी बर्षिया चान्सलर मर्केलले चुनाव नै नलड्ने घोषणा गरिसक्नुभएको छ । नयाँ चान्सलरका लागि सत्तारुढ क्रिश्चियन डेमोक्रेटिक पार्टीका आर्मिन लासेट, फ्री डेमोक्रेटिक पार्टीका क्रिस्टियन लिन्डनर र ग्रिन पार्टीकी एनालेना बेएरबोक चान्सलर पदका आकाङ्क्षीका रूपमा चर्चामा छन् ।

लामो समयपछि नेतृत्व फेरिने भएकोले विश्व समुदायले जर्मनीको निर्बाचनलाई विशेष चासो र महत्वका साथ हेरेको छ । मर्केलको उत्तराधिकारीको रुपमा नयाँ चान्सलर को बन्ला भन्ने चासो देशभित्र र बाहिर समेत रहेको छ । छ करोड मतदाता रहेको चुनाव पहिले भएका मत सर्वेक्षणहरूले पनि स्पष्ट तस्बीर देखाउन नसकेका बताउने गरिएको छ । 

नेतृत्वका लागि लासेट, लिन्डनर, केएरबोकबीच कडा प्रतिष्पर्धा हुने देखिएको छ ।संसदको तल्लो सदन ‘बुन्डेस्ट्याग’ मा भने कसैको पनि एकल बहुमत नआउने सर्वेक्षणहरूले देखाएका छन् ।

कुनै पनि दलको बहुमत नआएको खण्डमा गठबन्धन सरकार गठन र नयाँ चान्सलर चयन लम्बिन सक्ने भएकाले अझै केही महिना मर्केल नै सत्तामा रहन सक्ने आँकलन पनि विश्लेषकहरुले गरेका छन् ।