९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजदूत शर्माद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत



अ+ अ-

काठमाडौँ । भारतका लागि नेपालका राजदूत डा शंकर शर्माले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ ।

उहाँले नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा भारतका राष्ट्रपति रामनाथ कोविन्दसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको हो ।

डा शंकर शर्माले ट्विटमार्फत सोको जानकारी दिँदै भन्नुभएको छ, “भारतका महामहिम राष्ट्रपति श्री रामनाथ कोविन्दसमक्ष औपचारिकरूपमा आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गर्न पाउँदा सम्मानित छु।”

उहाँले नेपाल र भारतबीचको हाम्रो बलियो, सदियौँ पुरानो सम्बन्धलाई नयाँ उचाइमा लैजान तत्पर रहेको बताउनुभएको छ ।