२४ भाद्र २०८३, बुधबार
,
Latest
जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह गायक नवीन पौडेल राहत सामग्री लिएर बाढी प्रभावित क्षेत्रमा लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता घरेलु हतियारसहित तीन जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिममा सातामै न्यून सङ्क्रमण



अ+ अ-

कैलाली । सुदूरपश्चिम प्रदेशमा आज गएको एक हप्तायताकै सबैभन्दा कममा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । यहाँ आज १० जनामा मात्रै सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।  

यसअघि असोज ३ गते यस प्रदेशमा चार जनामा मात्रै सङ्क्रमण देखिएको थियो । त्यसयता सङ्क्रमणदर बढ्दै गएकामा आज घटेको हो । असोज ४ गते ५३, असोज ५ गते ३९, असोज ६ गते ३८, असोज ७ गते ४६, असोज ८ गते ३४ र असोज ९ गते २१ जनामा सङ्क्रमण पुष्टि भएको थियो । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट ८७२ जनाको नमूना परीक्षण गर्दा १० जनामा सङ्क्रमण पुष्टि भएको छ । सात जनामा एन्टिजेन र तीन जनामा पीसीआर विधिमार्फत गरिएको परीक्षणमा सङ्क्रमण देखिएको हो । 

पीसीआर विधिमार्फत डडेल्धुरा अस्पतालमा दुई र महाकाली अस्पतालमा एक जनामा तीन जनामा सङ्क्रमण पुष्टि हुँदा एन्टिजेनमा कञ्चनपुरका छ र बैतडीका एक जनामा सङ्क्रमण देखिएको हो । यस्तै गएको २४ घण्टामा प्रदेशभर २५ जनाले कोरोना जितेका छन् भने उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन । यसअघि शनिबार यस प्रदेशमा २१ जनामा सङ्क्रमण पुष्टि हुँदा ४१ जना सङ्क्रमणमुक्त भएका छन् ।