६ श्रावण २०८३, बुधबार
,
Latest
बैंकिङ कसुर मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ कञ्चनपुर भन्सारबाट १३ प्रतिशत राजस्व सङ्कलनमा कमी जनकपुरधाममा छ अर्ब छ करोड ७८ लाख राजस्व सङ्कलन रासायनिक मल आपूर्ति सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो काँग्रेस र प्रजातन्त्रवादीहरूलाई गगन थापासँग सती जान नदिउँ, नयाँ पार्टी निर्माण गरौँः मोहन बस्नेत गणेश नेपाली मृत्यु प्रकरण छानबिन गर्न पूर्वन्यायाधीश बास्तोलाको संयोजकत्वमा न्यायिक समिति गठन मन्त्रिपरिषद्को बैठक: यस्ता छन् निर्णयहरु प्रधानमन्त्री भेटेपछि हस्तकला महासंघका अध्यक्ष भन्छन्, ‘हस्तकला विकास बोर्ड गठनको अवधारणा अघि बढ्यो’ जुम्लामा उत्पादन भएको स्याउको अधिक माग नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाको टेक्सासमा पशुपतिनाथ बौद्ध बिहारमा भक्तालुको भीड



अ+ अ-

अमेरिकाको टेक्सास राज्यको अर्भिङअवस्थित (पशुपतिनाथ बौद्ध बिहार) मन्दिर सन २०१३ देखि पूर्ण सञ्चालनमा आएको छ । हिन्दू र बौद्ध धर्मावलम्बीहरुको आस्थाको केन्द्र यो मन्दिर टेक्सासको डिएफडब्लु विमानस्थलबाट करिब १२ माइल दक्षिणपश्चिममा रहेको छ ।

मन्दिरको संरक्षण समितिमा करिब एक हजार सदस्य रहेका छन् भने मुख्य संरक्षक १० जना रहेका छन् । मन्दिरलाई ५१ हजार डलरदेखि माथि चन्दा दिनेलाई मूल संरक्षकमा बस्ने व्यवस्था गरिएको छ ।

हालसम्म यस मन्दिरलाई ११ हजार डलरभन्दा माथि चन्दा दिनेको संख्या ४०० र दुई हजार ५०० डलरदेखि माथि चन्दा दिनेको संख्या दुई हजार ५०० रहेको बताइएको छ ।

मन्दिरको बोर्ड अफ ट्रस्टी (संरक्षक)मा विनय अर्याल र कार्यकारिणी समितिको अध्यक्षमा सुरेशचन्द्र पोखरेल रहनुभएको छ ।

यो मन्दिरमा एक जना पुरोहित मेघनाथ निरौलालाई पूर्णकालीनरुपमा महिनावारी तलब दिने तथा अन्यलाई पार्टटाइममा राख्ने व्यवस्था गरिएको छ ।

यस मन्दिरमा आइतबार सबैभन्दा धेरै भक्तालु दर्शनका लागि आउने गर्छन् । मन्दिरको हेरचाह र आवश्यक सहयोग गर्दै आएको टेक्सास नेपाली समाजका अध्यक्ष राजेन्द्र वाग्लेका अनुसार आइतबारका दिन विशेष पूजा हुने हुँदा भीड हुने र भक्तालुहरुलाई प्रसादका रुपमा चियाखाजाको व्यवस्था गरिन्छ ।

मन्दिरमा विशेषगरेर भारतीय र नेपाली भक्तालुहरु आउने गर्छन् । समाजका अनुसार मन्दिरमा दसैँको घटस्थापनामा जमरा राख्ने, सरस्वती पूजामा सरस्वतीको पूजा गर्ने तथा शिवरात्रिमा नेपालको पशुपतिनाथ मन्दिरमा जस्तै आराधना गर्ने गरिन्छ ।

मन्दिरलाई अझै व्यवस्थित गर्ने हिसाबले अहिलेको मन्दिरबाट करिब सात÷आठ माइलको दूरीमा आठ एकड जमीन किनेर पशुपतिनाकै डिजाइनमा करिब ६० लाख डलरमा निर्माण सम्पन्न गर्ने उद्देश्यले एक वर्ष अघिदेखि मन्दिर बनाउन सुरु गरिएको छ ।

युलेस सहरमा पर्ने सो मन्दिर विशाल क्षेत्रफलमा बन्न लागेको र पशुपतिनाथ मन्दिरमा छुट्टै बौद्ध बिहारको निर्माण हुने समाजका अध्यक्ष वाग्लेले जानकारी दिनुभयो ।