• ३१ जेष्ठ २०८१, बिहीबार
  •      Thu Jun 13 2024
  •   Unicode
Logo
Latest
★   जिल्ला न्यायाधीशको लिखित परीक्षामा आठ उत्तीर्ण ★   ‘काठमाडौँ स्कुल अफ ल’ र भाषा आयोगबीच भाषा संरक्षणका पक्षमा सम्झौता ★   हवाई उडानका लागि उड्डयन मौसम सेवा महत्वपूर्ण छ: मन्त्री बस्नेत ★   कोशी सरकार विरुद्धको रिट हेर्दाहेर्दैमा ★   कुमारीको मनोभावमा आधारित नाटक ‘अग्निच्क्षु’ मञ्चित ★   रूग्ण उद्योग पुनःसञ्चालनका लागि व्यवस्थित अध्ययन गरौँः प्रधानमन्त्री ★   विपद्लाई निमिट्यान्न गर्न सकिँदैन, न्युनिकरणका लागि सबै एक हुनुको विकल्प छैनः अध्यक्ष नेपाल ★   राष्ट्रपति पौडेलसँग महानिर्देशक हुंग्बोको शिष्टाचार भेट ★   जनप्रतिनिधि र पार्टीबीचको सम्बन्ध सुमधुर हुन आवश्यकः उपसभापति खड्का ★   अस्ट्रेलियाको भरमा इंग्ल्याण्ड टोली, अष्ट्रेलियाले उतार्ला कि पछार्ला ?

अमेरिकाको टेक्सासमा पशुपतिनाथ बौद्ध बिहारमा भक्तालुको भीड



अमेरिकाको टेक्सास राज्यको अर्भिङअवस्थित (पशुपतिनाथ बौद्ध बिहार) मन्दिर सन २०१३ देखि पूर्ण सञ्चालनमा आएको छ । हिन्दू र बौद्ध धर्मावलम्बीहरुको आस्थाको केन्द्र यो मन्दिर टेक्सासको डिएफडब्लु विमानस्थलबाट करिब १२ माइल दक्षिणपश्चिममा रहेको छ ।

मन्दिरको संरक्षण समितिमा करिब एक हजार सदस्य रहेका छन् भने मुख्य संरक्षक १० जना रहेका छन् । मन्दिरलाई ५१ हजार डलरदेखि माथि चन्दा दिनेलाई मूल संरक्षकमा बस्ने व्यवस्था गरिएको छ ।

हालसम्म यस मन्दिरलाई ११ हजार डलरभन्दा माथि चन्दा दिनेको संख्या ४०० र दुई हजार ५०० डलरदेखि माथि चन्दा दिनेको संख्या दुई हजार ५०० रहेको बताइएको छ ।

मन्दिरको बोर्ड अफ ट्रस्टी (संरक्षक)मा विनय अर्याल र कार्यकारिणी समितिको अध्यक्षमा सुरेशचन्द्र पोखरेल रहनुभएको छ ।

यो मन्दिरमा एक जना पुरोहित मेघनाथ निरौलालाई पूर्णकालीनरुपमा महिनावारी तलब दिने तथा अन्यलाई पार्टटाइममा राख्ने व्यवस्था गरिएको छ ।

यस मन्दिरमा आइतबार सबैभन्दा धेरै भक्तालु दर्शनका लागि आउने गर्छन् । मन्दिरको हेरचाह र आवश्यक सहयोग गर्दै आएको टेक्सास नेपाली समाजका अध्यक्ष राजेन्द्र वाग्लेका अनुसार आइतबारका दिन विशेष पूजा हुने हुँदा भीड हुने र भक्तालुहरुलाई प्रसादका रुपमा चियाखाजाको व्यवस्था गरिन्छ ।

मन्दिरमा विशेषगरेर भारतीय र नेपाली भक्तालुहरु आउने गर्छन् । समाजका अनुसार मन्दिरमा दसैँको घटस्थापनामा जमरा राख्ने, सरस्वती पूजामा सरस्वतीको पूजा गर्ने तथा शिवरात्रिमा नेपालको पशुपतिनाथ मन्दिरमा जस्तै आराधना गर्ने गरिन्छ ।

मन्दिरलाई अझै व्यवस्थित गर्ने हिसाबले अहिलेको मन्दिरबाट करिब सात÷आठ माइलको दूरीमा आठ एकड जमीन किनेर पशुपतिनाकै डिजाइनमा करिब ६० लाख डलरमा निर्माण सम्पन्न गर्ने उद्देश्यले एक वर्ष अघिदेखि मन्दिर बनाउन सुरु गरिएको छ ।

युलेस सहरमा पर्ने सो मन्दिर विशाल क्षेत्रफलमा बन्न लागेको र पशुपतिनाथ मन्दिरमा छुट्टै बौद्ध बिहारको निर्माण हुने समाजका अध्यक्ष वाग्लेले जानकारी दिनुभयो ।