११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

विपद्लाई निमिट्यान्न गर्न सकिँदैन, न्युनिकरणका लागि सबै एक हुनुको विकल्प छैनः अध्यक्ष नेपाल

विपद्लाई निमिट्यान्न गर्न सकिँदैन, न्युनिकरणका लागि सबै एक हुनुको विकल्प छैनः अध्यक्ष नेपाल
अ अ+ अ-

काठमाडौँ । जलवायु परिवर्तनको असर सबैभन्दा बढी महिला, बालबालिका र वृद्धवृद्धाहरुमा परेको भन्दै नेपाल रेडक्रस सोसाइटीले लक्षित वर्गका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको छ ।

काठमाडौंमा हिट एक्शन डे (तातो हावा लु दिवस) को अवसरमा एक कार्यक्रमबीच रेडक्रसले लक्षित वर्गलाई मध्यनजर गरेर विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको जनाएको हो । जलवायु परिवर्तनका कारण नेपालका विभिन्न स्थानमा लु बढेको भन्दै नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष प्राध्यापक सुदर्शनप्रसाद नेपालले हिट एक्शन डेको अवसरमा बोल्दै रेडक्रसले जलवायु परिवर्तनका असरबाट कसरी बच्ने भन्ने उपायहरु आम मानिसमा बुझाउन आवश्यक भएको बताउनु भयो ।

कुनैपनि विपद्लाई निमिट्यान्न गर्न नसकिने भन्दै उहाँले न्युनिकरणका लागि आवश्यक पहल गर्न जोड दिनुभयो । हिट एक्शनका क्षेत्रमा सरकारको सहयोगीको रूपमा नेपाल रेडक्रस सोसाइटीले स्थानीय निकायहरूसँग समन्वय गरी प्रतिकार्यका विभिन्न गतिविधिहरू सञ्चालन गरिरहेको बताउनु भयो ।

विश्वव्यापी समस्याको रुपमा रहेको तातो हावा लुको प्रतिकार्यका लागि सम्बन्धित सबै पक्षको सहकार्य र समन्वय अपरिहार्य रहेको बताउनु भयो । उहाँले केन्द्र, प्रदेश र स्थानीय तह एवं सम्बन्धित सरोकारवाला निकायहरु मिलेर गएमात्रै समस्याको समाधान हुनसक्ने बताउनु भयो । उहाँले रेडक्रकसले स्थानीय तहसँग मिलेर लु लगायत जलवायु परिवर्तनको असर न्युनिकरणका लागि आवश्यक काम गरिरहेको बताउनु भयो ।

उहाँले तातो हावाको असरबाट बच्न रेडक्रसले आम नागरिकहरुलाई सचेत गराइरहेको जानकारी दिनुभयो । उहाँले तातो हावाबाट बच्न सडकमा खटेका ट्राफिक प्रहरीसहित आम नागरिकलाई पनि सचेतना दिनुपर्ने आवश्यकता रहेको बताउनु भयो । जलवायु परिवर्तनको सबैभन्दा बढी असर विपन्न वर्ग र दैनिक जीवन यापनका लागि दिनहुँ बाहिर गएर काम गर्नुपर्ने मानिसमा परेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो विश्वव्यापी जलवायु परिवर्तन र क्लाइमेट चेन्ज, ग्लोवल वार्मिङको कुरा हो । हिट वेबले अहिलेको हाम्रो जलवायु परिवर्तनले कस्तो असर गरेको छ ? यसबाट कसरी बच्ने, के उपाय हुन् भन्नेबारेमा हामीले काम गरिरहेका छौँ । हामीले यो कुरा साना बालबालिकाको स्तरसम्म पनि पु¥याएका छौँ । हिट वेबले बालबालिका, वृद्ध, महिलाहरुलाई, श्रमीकहरुलाई धेरै असर गर्दछ । त्यसकारण हामीले यसबाट बच्न के गर्न सकिन्छ, कसरी बच्न सकिन्छ भनेर हामीले छलफल गरेका छौँ । कुनैपनि विपद्लाई हामीले निमिट्यान्न गर्न सक्दैनौँ । न्युनिकरण गर्नसक्छौँ ।

नेपाल रेडक्रस सोसाइटीले पनि अहिले विभिन्न किसिमका डिस्मिनेशन र इन्फरमेशन शेयरिङ र जनतालाई सचेत गर्नेकुरामा काम गरिरहेका छौँ । जलवायुसँग हामीले च्यालेन्ज गर्न सक्दैनौँ । न्युनिकरण गर्ने हो । विगतमा भन्दा अहिले हामी धेरे शतर्कता अपनाउने ठाउँमा छौँ । सरकार पनि यसमा छ । सबैको सहकार्यबाट नै यसलाई न्युनिकरण गर्छौं । रेडक्रसले जनतालाई सचेत गराउने हो । त्यो हामीले गरिरहेका छौँ ।

सडकमा खटेका ट्राफिक प्रहरीलाई पनि सचेतना दिनुपर्ने आवश्यकता छ । टिनका घरहरु हुन्छन्, धेरै रापहरु आउँछ, त्यो रापहरु क्रम गर्न ह्वाइट पिन्ट गर्नुपर्छ भन्नेकुरा गर्नुभएको । त्यो गरेर ४ देखि ५ डिग्रिसम्म राप नियन्त्रण गर्न सकिन्छ भन्नेकुरा गर्नुभएको छ । यो ममनयोग्य छ । घरबाट बारिह जानुपर्ने, दिनचर्याका लागि घर बाहिर गएर काम गर्नैपर्ने व्यक्तिलाई प्रभाव पारेको छ । विपन्न वर्गलाई यसले धेरै नै प्रभाव पारेको छ ।’

उहाँले सचेतना फैल्याउनेहरुलाई पनि जटिलता रहेको भन्दै आफू बँचेर अरुलाई बचाउने काममा लाग्नुपर्ने बताउनु भयो । उहाँले चिसोपानी, सर्वत पानी र यसबारेमा चेतना अभिवृद्धि गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले यि कार्यक्रमहरु रेडक्रसले स्थानीय सरकारसँग जोडिेर लगेको बताउनु भयो ।

नेपाल रेडक्रस सोसाइटीले बाँकेको नेपालगञ्ज, रुपन्देहीको सिद्धार्थनर, धनगढी र विराटनगरमा सिमान्तकृत समुदाय लक्षित गरी तातो हावाको लहर (लु) प्रतिकार्य कार्यक्रमका गतिविधिहरू सञ्चालन गरिरहेको छ ।