• ११ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 24 2024
  •   Unicode
Logo
Latest
★   एमाले अध्यक्ष ओलीसँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको भेटवार्ता ★   लुम्बिनीमा बुद्धमूर्तिसहित शोभायात्रा ★   द्रुत मार्गको धेद्रे सुरुङमार्ग छिचोलियो ★   ओली र रविबीच बालकोटमा भेटवार्ता, के भयो छलफल ? ★   आम जनता पार्टीको पदाधिकारी बैठक शनिबार बस्ने ★   प्रधानमन्त्री दाहालसँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको शिष्टाचार भेट ★   भियतनाममा अपार्टमेन्टमा आगलागी हुँदा १४ को मृत्यु, ६ घाइते ★   सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अनुमति ★   विमानस्थलबाट सुनको लेपन लगाइएको कपडासहित भारतीय नागरिक पक्राउ ★   बालुवाटार बैठकबाट कांग्रेसका नेताहरू बाहिरिए, सत्तापक्षको जारी

भारतमा २४ घण्टामा दुई हजार ८९७ कोरोनाका नयाँ सङ्क्रमित



नयाँदिल्ली । भारत २४ घण्टाको समयावधी अर्थात मङ्गलबार मधयरातिसम्म दुई हजार ८९७ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ३१ लाख दश हजार ५६ जना पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार बिहान जानकारी दिएको छ ।

विगत केही महिनायता न्यून विन्दुमा पुगेको कोरोना भाइरस सङ्क्रमणको पुनःकेही दिनयता नयाँ सङ्क्रमितको सङ्ख्या तीन हजार नाघेको थियो । यद्यपी मङ्गलबार भने केही कमी देखिएको हो । २४ घण्टाको समयावधी भएका यी नयाँ सङ्क्रमितमध्ये एक हजार ११८ जना राष्ट्रिय राजधानी दिल्लीका रहेका समाचारमा जनाइएको छ । हाल राजधानीमा पाँच हजार ४७१ सक्रिय सङ्क्रमित रहेका पनि थप जानकारी दिइएको छ ।

यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप ५४ को मृत्यु भएपछि देशभर कोरोनाबाट मृत्य्ु हुने व्यक्तिको सङ्ख्या पाँच लाख २४ हजार १५७ पुगेको छ । भारतभरी अझै पनि सक्रिय सङ्क्रमित १९ हजार ४९४ रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ ।

भारतमा केही महिनायताबाट सक्रिय सङ्क्रमित घट्ने क्रम जारी रहेको थियो । तर केही हप्तायताबाट सक्रिय सङ्क्रमति बढेको पाइएको छ । चौविस घण्टाको समयावधी अर्थात शनिबार मध्यरातिसम्म दुई हजार ९८६ जना कोरोना निको भएका छन् । यसैसँगै हालसम्म चार करोड २५ लाख ६६ हजार ९३५ सफलतापूर्वक कोरोना सङ्क्रमण निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।