• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   तिलगंगा आँखा अस्पताल अब विश्वविद्यालय ! ★   लगातार दोस्रो जितसहित अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा ★   नेपाल आइडल करण परियारलाई प्रधानमन्त्री दाहालको गितार उपहार ★   लमजुङमा पहिरोले तीन घर पुरिँदा चारजना बेपत्ता ★   कास्कीमा पहिरोमा परेर दुई बालबालिकाको मृत्यु, एक घाइते ★   ट्रक पार्किङ स्थल निर्माणका लागि कोशी प्रदेश सरकारले छुट्यायो दुई करोड ★   विजुलीका पोलमा जताततै ‘सवि’ ! के होला त्यो ? ★   दोस्रो चरणको छानबिनका क्रममा २० जना पक्राउ, १५ अझै फरार ★   कोपा अमेरिकाः क्यानडाले पेरुलाई हरायो ★   युरो कपः इंग्ल्यान्ड समूह विजेता र डेनमार्क उपविजेता बनेर नकआउट चरणमा

पश्चिम सेती भारतलाई विक्री गर्न लागेकामा भीम रावलको आपत्ति



काठमाडौँ । नेकपा (एमाले) का नेता भीम रावलले पश्चिम सेती जलविद्युत् परियोजना भारतलाई विक्री गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको घोषणाप्रति आपत्ति प्रकट गर्नुभएको छ ।

सामाजिक सञ्जालमा ट्विट गर्दै नेता रावलले नेपाली कांग्रेसको सभापति र प्रधानमन्त्री भएपछि नेपालका नदीनाला विदेशीको हातमा बेच्नै पर्ने के रोग रहेछ भनी प्रश्न गर्नुभएको छ ।

प्रधानमन्त्री पश्चिम सेती जलविद्युत् परियोजनाको निर्माणको जिम्मा भारतीय कम्पनीलाई दिइने बताउनुभएको थियो ।

मंगलबार उहाँले आफ्नो गृहजिल्ला डडेलधुरामा आयोजना गरिएको चुनावी सभामा पश्चिम सेती जलविद्युत् परियोजना भारतीय कम्पनीलाई जिम्मा दिने बताउनुभएको थियो ।

उहाँले भन्नुभएको थियो, “भारतले चिनियाँ कम्पनीले बनाएको परियोजनाबाट उत्पादित बिजुली किन्दै किन्दैन, त्यसैले पश्चिम सेती जलविद्युत् परियोजना पनि भारतीय कम्पनीलाई दिएर बनाउने हो ।”

उहाँले अर्को साता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट हुँदा सकेसम्म सम्झौता नै गर्ने बताउनुभएको थियो ।

प्रधानमन्त्री देउवाको सो घोषणाप्रति नेता रावलले भन्नुभयो, “महाकाली सन्धिमा देउवाले गरेको राष्ट्रघात नदोहोरियोस् । संसद् र दलमा पर्याप्त छलफल नगरी पश्चिम सेती भारतलाई टक्य्राउने कुकर्म नहोस्।”

उहाँले ट्विट गर्दै भन्नुभएको छ, “कांग्रेसको सभापति र प्रमं भएपछि नेपालका नदीनाला विदेशीको हातमा बेच्नै पर्ने के रोग रहेछ ? प्रमं देउवाले फेरी पश्चिम सेती भारतलाई दिने घोषणा गरेका छन्।महाकाली सन्धिमा देउवाले गरेको राष्ट्रघात नदोहोरियोस् । संसद् र दलमा पर्याप्त छलफल नगरी पश्चिम सेती भारतलाई टक्य्राउने कुकर्म नहोस्।”