२४ भाद्र २०८३, बुधबार
,
Latest
जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह गायक नवीन पौडेल राहत सामग्री लिएर बाढी प्रभावित क्षेत्रमा लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता घरेलु हतियारसहित तीन जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थमन्त्रीलाई मेरुदण्ड पक्षघात समूहको धन्यवाद



अ+ अ-

काठमाडौं । प्रतिस्थापन विधेयकमार्फत ल्याइएको नयाँ बजेटमा दीर्घरोगीको उपचारका लागि मासिक भत्ता व्यवस्था गरिएकामा मेरुदण्ड पक्षघात समूहले अर्थमन्त्री जनार्दन शर्मालाई धन्यवाद दिएको छ । अर्थ मन्त्रालयमा आज मन्त्री शर्मालाई भेटी सो समूहले धन्यवाद दिएको हो । 

भेटमा मन्त्री शर्माले सबै नागरिकको अभिभावक राज्य भएकाले दायित्व बोधका साथ मासिक उपचार खर्चको व्यवस्था बजेटमा गरिएको बताउनुभयो । उहाँले केही दिनभित्रै सरोकारवाला निकाय तथा समूहसँग बसेर कार्यविधि बनाई तत्काल कार्यान्वयनमा लैजाने उल्लेख गर्नुभयो ।

“आजदेखि बजेटमा व्यवस्था गरिएका विषयको कार्यविधि बनाउने बारे छलफल थालेका छौँ”, उहाँले भन्नुभयो, “अब एक÷दुई दिनभित्रै सरोकारवाला निकाय र तपाईंहरूलाई समेत राखेर छलफल गरी कार्यविधि बनाई तत्काल कार्यान्वयनमा लैजान्छौँ । आगामी दिनमा यो सुविधा कसैले काट्न सक्दैन ।” 

मन्त्री शर्माले कार्यान्वयनका विषयमा ढुक्क हुन पनि आग्रह गर्नुभयो । मेरुदण्ड पक्षघात समूह नेपालका अध्यक्ष ऋषि ढकालका अनुसार हाल नेपालमा करिब पाँच हजार स्पाइनल कर्ड इन्ज्युरी भएका व्यक्ति रहेका छन् । उनीहरूमा घाइते भएपछि मानसिक विक्षिप्तता आउने र समाजमा अर्को दर्जाको नजरले हेर्ने प्रचलन रहेको भन्दै अध्यक्ष ढकालले मासिक भत्ताले समाजमा पुनस्र्थापना हुन टेवा पुग्ने बताउनुभयो । “इन्ज्युरी भएपछि समाज र परिवारको बोझ भएँ भनेर मानसिक रूपमा कमजोर भएकाहरूलाई बलियो बनाउने काम भत्ताले गर्छ”, उहाँले भन्नुभयो, “हाम्रो सुझाव र मागलाई अर्थमन्त्रीले सम्बोधन गरिदिनुभयो, यसका लागि हाम्रो समूह र मुलुकभर रहनुभएका सम्पूर्ण स्पाइनल कर्ड इन्ज्युरी भएकाहरूका तर्फबाट धन्यवाद छ ।”

भेटपछि कार्यान्वयनको पक्षमा आफूहरूको आशङ्कासमेत हटेको बताउँदै अध्यक्ष ढकालले अर्थमन्त्रीको आश्वासनले आफूहरू हर्षित र सन्तुष्ट भएको बताउनुभयो । स्पाइनल कर्ड इन्ज्युरी भएको व्यक्तिले अवस्थाअनुसार नियमित उपचारमा फरक खर्च हुने समूहका महासचिव केशव थापाले बताउनुभयो । उहाँका अनुसार पछिल्लो समय ४५० जनामा गरिएको अध्ययनले रु पाँच हजारदेखि रु आठ हजारसम्म मासिक खर्च लाग्ने ५५ प्रतिशत छन् । बाँकी ४५ प्रतिशतलाई रु पाँच हजारभन्दा कम लाग्ने अध्ययनले देखाएको छ ।