२४ भाद्र २०८३, बुधबार
,
Latest
जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह गायक नवीन पौडेल राहत सामग्री लिएर बाढी प्रभावित क्षेत्रमा लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता घरेलु हतियारसहित तीन जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल-चीन सीमामा समस्या छ : अध्ययन समिति



अ+ अ-

काठमाडौं । सरकारी अध्ययन टोलीले हुम्लाको नेपाल-चीन सीमामा समस्या रहेको निष्कर्षसहित सरकारलाई प्रतिवेदन बुझाएको छ । गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यको संयोजकत्वमा गठित समितिले सीमा समस्या समाधान गर्न संयुक्त निरीक्षण समितिबाट काम गर्न सुझाव दिएको छ ।

नेपाल र चीन दुवै देशका संयन्त्रमार्फत संयुक्त निरीक्षण समूह, संयुक्त विज्ञ समूह र संयुक्त निर्देशन समितिमार्फत समस्या समाधान गर्न सुझाव दिएको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले बताए ।

हुम्लाको नाम्खा गाउँपालिका-५ र ६ नम्बर वडा जोडिएको नेपाल(चीन सीमाको अध्ययन गरेर सुझावसहितको प्रतिवेदन पेस गर्न सरकारले दुई साताअघि आचार्यको संयोजकत्वमा ६ सदस्सीय अध्ययन समिति गठन गरेको थियो । तोकिएको समयभित्रै समितिले स्थलगत निरीक्षण गरी आइतबार गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदनमा उल्लेख गरिएका सुझावबारे विस्तृत रुपमा मन्त्रालयले सार्वजनिक गरेको छैन तर निष्कर्षका केही बुँदा समेटेर विज्ञप्ति मार्फत जानकारी गराएको हो ।

अध्ययन समितिले नाम्खा-५मा पर्ने हिल्सादेखि ६ नम्बर पर्ने लिमिसम्म स्थलगत निरीक्षण गरेको मौसमी प्रतिकूलतको कारण देखाउँदै ११ नम्बर पिलर नपुगी फर्किएको थियो । वडा नम्बर ५ र ६ मा ५ नम्बर देखि १२ नम्बरसम्म नेपालतर्फको एकल,चीनतर्फका एकल र दुवै देशका साझा पिलर छन् ।