२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीय तहको निर्वाचन: आफ्नै गाँउ फर्किआए (फोटो फिचर/भिडियो)



अ+ अ-

काठमाडौ । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भोट हाल्न गाउँ फर्किनेहरुको भीड लागेको छ । काठमाडौंबाट बाहिरिने विभिन्न नाकाहरुमा घर फर्किने नागरिकहरुको भीड लागेको हो ।

काठमाडौं उपत्यकाबाट बाहिरिने कोटेश्वर, थानकोट लगायतका नाकाहरुमा घर फर्किनेहरुको भीड देख्न सकिन्छ । काठमाडौंबाट मतदानका लागि घर फर्किनेहरु बढेसँगै काठमाडैंको सडकमा सवारीको चाप कम भएको छ । विशेष गरी काठमाडौंबाट छिमेकी जिल्लाहरुमा जाने मानिसहरु धमाधम गाउँ फर्किन थालेका हुन् ।

काठमाडौंको बालाजु, बल्खु, कलंकी लगायतका ठाउँमा पनि बसको टिकट काट्नेहरुको लाम देख्न सकिन्छ । ५ वर्षपछि स्थानीय तहको निर्वाचमा भोट हाल्न जाने मतदाताहरु उत्साहीत देखिन्छन् ।

गाउँ फर्किनेहरुको संख्या बढीरहेकोले सवारीहरुमा सर्वसाधारण खचाखच भरिएका छन् । मंगलवार राती १२ बजेसम्म ५९ हजार ६१ जना गाउँ फर्किएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।