२४ भाद्र २०८३, बुधबार
,
Latest
जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह गायक नवीन पौडेल राहत सामग्री लिएर बाढी प्रभावित क्षेत्रमा लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता घरेलु हतियारसहित तीन जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

उद्योग सङ्गठन मोरङद्वारा औद्योगिक सर्वेक्षण



अ+ अ-

विराटनगर । उद्योग सङ्गठनले सुनसरी मोरङ औद्योगिक करिडोर र मोरङ जिल्लाको औद्योगिक सर्वेक्षण– २०७८ सुरुआत गरेको छ ।सबै औद्योगिक प्रतिष्ठानको तथ्याङ्क सङ्कलन गरी ‘डाटाबेस’ तयार गर्ने लक्ष्यका आइतबारदेखि सर्वेक्षण सुरु भएको हो ।   

सङ्गठनका अध्यक्ष सुयश प्याकुरेलले एक पटक तथ्याङ्क सङ्कलन तयार गरेपछि नियमितरुपमा अद्यावधिक गरिने योजना रहेको जानकारी दिनुभयो । 
    
सङ्गठनले सञ्चालन गरेको औद्योगिक सर्वेक्षणले सुनसरी र मोरङ गरी सङ्गठनका सदस्य औद्योगिक प्रतिष्ठानको सबै र बाँकी अन्य उद्योगको समेत तथ्याङ्क सङ्कलन गरिने कार्यक्रम रहेको सङ्गठनका महानिर्देशक चूडामणि भट्टराईले बताउनुभयो । उहाँका अनुसार उद्योगका विविध आयाम समेटिएका करिब १०० प्रश्न लिएर पाँच गणक तथ्याङ्क सङ्कलनका लागि सबै उद्योग प्रतिष्ठान पुग्ने छन् । 

सङ्गठनले तथ्याङ्कको गुणस्तरीयतालाई मध्यनजर गर्दै गणकका लागि दुई दिनको तालिमसमेत सञ्चालन गरेको थियो । उहाँका अनुसार गणकले मोबाइल एपबाट तथ्याङ्क सङ्कलन गर्ने छन् र यसरी सङ्कलन गरिएको तथ्याङ्कको गुणस्तरीयता अनलाइनबाटै अनुगमन गर्न सकिने छ । 

फ्याक्ट्स नेपाल नामक परामर्शदाता कम्पनीसँगको सहकार्यमा सञ्चालन गरिएको सर्वेक्षणको तथ्याङ्क सङ्कलनको काम यही महिनाभित्रमा सक्ने र मङ्सिरको पहिलो सातासम्ममा सर्वेक्षण प्रतिवेदन तयार हुने जनाइएको छ । 

सङ्गठनले तथ्याङ्क सङ्कलनका लागि खटिआउने सङ्गठनका प्रतिनिधिलाई आफ्नो उद्योग व्यवसायसँग सम्बन्धित यथार्थपरक सूचना एवं तथ्याङ्क उपलब्ध गराई संगठनको औद्योगिक तथ्याङ्क र डाटाबेस तयार गर्ने अभियानलाई सहयोग गर्न उद्योग प्रतिष्ठान एवं सरोकारवाला सबैमा आग्रह गरेको छ ।