६ श्रावण २०८३, बुधबार
,
Latest
वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा धनुषा प्रहरीद्वारा एकै ४४ फरार प्रतिवादी पक्राउ जङ्गलबाट ११ वटा अवैध भरुवा बन्दुक बरामद संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाको शपथ दमकमा घरायसी विवादमा श्रीमतीको हत्या, आत्महत्या प्रयास गरेका श्रीमानको पनि मृत्यु काँग्रेसमा बढ्दो आन्तरिक विवादः संस्थापन इतर पक्षद्वारा साउन २९ मा राष्ट्रिय भेला आह्वान राष्ट्रियता र लोकतन्त्र इतिहासकै गम्भीर संकटमाः पूर्णबहादुर खड्का
तपाईं के खोज्दै हुनुहुन्छ ?

सञ्जुलाई अन्तिम श्रद्धान्जली (भिडियोसहित)



अ+ अ-

काठमाडौं । १३ औं सागमा नेपालका लागि भारोत्तोलनबाट स्वर्ण पदक दिलाएकी सञ्जु चौधरीलाई राष्ट्रिय खेलकुद परिषदले मंगलबार अन्तिम श्रद्धान्जली दिएको छ ।

त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको परिषदमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ र नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले फुलमाला तथा अबिरबाट श्रद्धान्जी अर्पण गरे । यस्तै राखेपका विभागिय प्रमुखहरु, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, ओलम्पियन संघका अध्यक्ष दीपक बिष्ट, कर्मचारीहरु, खेलाडी तथा खेलकर्मीहरुले स्व. चौधरीको सवमा अविर तथा फुलमालाले श्रद्धान्जली ब्यक्त गरेका थिए ।

बाँके आदर्श टोल निवासी चौधरीको शव आजै उनको जन्म घर बर्दिया लगिएको छ । ललितपुरको लुभुमा मंगलबार झुन्डिएको अवस्थामा मृत भेटिएकी सन्जुको पार्थिव शरीर श्रद्धाञ्जलीका राखेपको परिसरमा राखिएको थियो । पाटन अस्पतालमा पोस्टमाटमपछि सन्जुको पार्थिव शरीर रंगशाला ल्याएको थियो । १३ औं दक्षिण एसियाली खेलकुदमा नेपालका लागि ऐतिहासिक स्वर्ण जितेकी सन्जुको प्रारम्भिक रिपोर्ट आत्महत्या देखिएको छ ।

१९ औं एसियाली खेलकुदका लागि बन्द प्रशिक्षणमा सामेल हुन उनी काठमाडौं आएकी थिइन । एसियन गेम्सका लागि प्रारम्भिक छनोटमा परेकी थिइन । सञ्जुले १३ औं सागमा महिला ५९ केजी तौल समूहमा श्रीलंकाका खेलाडीलाई पछि पार्दै स्वर्ण जित्न जितेकी थिइन ।