१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

जङ्गलबाट ११ वटा अवैध भरुवा बन्दुक बरामद

जङ्गलबाट ११ वटा अवैध भरुवा बन्दुक बरामद
अ अ+ अ-

दाङ। जिल्लाको बङ्गलाचुलीको एक जङ्गलबाट प्रहरीले आज ११ वटा अवैध भरुवा बन्दुक फेला पारेको छ ।

बङ्गलाचुली गाउँपालिका–८ स्थित घोरलभिर भनेर चिनिने पिपली जङ्गलको झाडीमा लुकाइ राखेको अवस्थामा ११ नाल अवैध भरुवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डा हेमबहादुर केसील जानकारी दिनुभयो ।

उहाँका अनुसार विशेष सूचनाका आधारमा प्रहरीचौकी रामपुरबाट खटिएको प्रहरीको टोलीले आज बिहान ९ बजे जङ्गलका विभिन्न स्थानमा लुकाइ राखेको अवस्थामा १० वटा चालु र एक नाल नचल्ने बन्दुक फेला पारी बरामद गरिएको हो । ती बन्दुक कसले कुन प्रयोजनका लागि राखेको भन्नेबारेमा थप अनुसन्धान भइरहेको दाङ प्रहरीले जनाएको छ ।

यसअघि प्रहरीले मङ्गलबार लमही नगरपालिका–१ नर्तीस्थित बकेन सामुदायिक वनबाट एक थान भरुवा बन्दुक फेला पारेको थियो ।

गत सोमबार लमही नगरपालिका–९ स्थित च्याउखोला क्षेत्रमा रहेको बिरह सामुदायिक वनबाट पनि प्रहरीले बेवारिसे अवस्थामा एक थान भरुवा बन्दुक फेला पारेका थियो । लगातार तीन दिनको अवधिमा जिल्लामा १४ नाल अवैध भरुवा बन्दुक फेला परेका छन् । रासस