२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बोलिभियामा भागदौड मच्चिँदा ४ जनाको मृत्यु, दर्जनौँ घाइते



अ+ अ-

बोलिभियो । बोलिभियाको पोटोसी शहरमा भागदौड मच्चिँदा अश्रु ग्यास ग्रेनेड विस्फोट हुँदा कम्तीमा चार विद्यार्थीको मृत्यु हुनाको साथै ५० जना घाइते भएको स्थानीय प्रहरीले सोमबार उल्लेख गरेको छ।

टोमस फ्रियास अटोनोमस युनिभर्सिटीमा आगामी विद्यार्थी परिषद्को निर्वाचनलाई लिएर विश्वविद्यालयको मैदानमा विद्यार्थी सभा गरिरहेका बेला उक्त घटना भएको हो ।

विश्वविद्यालयका रेक्टर पेड्रो लोपेजले पत्रकारहरूलाई दिएको जनाकारी अनुसार धेरै घाइते विद्यार्थीहरू सघन उपचार कक्षमा छन् । उनले मृत्यु हुनेको संख्या बढी हुने सम्भावनालाई अस्वीकार गरेका छैनन् ।

एरेनामा ग्यास ग्रेनेड विस्फोटको बारेमा प्रारम्भिक जानकारी पुष्टि गर्न अनुसन्धान चलिरहेको लोपेजले बताएका छन् ।