२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकामा एक करोड तीस लाखभन्दा बढी बालबालिकामा कोरोना संक्रमित



अ+ अ-

लस एन्जलस ।अमेरिकी एकेडेमी अफ पेडियाट्रिक्स (एएपी) र बाल अस्पताल संघको पछिल्लो प्रतिवेदनअनुसार महामारीको शुरुवातदेखि संयुक्त राज्यअमेरिकामा १ करोड ३० लाखभन्दा बढी बालबालिकामा कोभिड-१९ को संक्रमण देखिएको छ।

सोमबार अबेर प्रकाशित प्रतिवेदन अनुसार मे ५ सम्म सातामा ६२,००० भन्दा बढी बालबालिका सङ्क्रमित भएको पाइएको छ जुन दुई हप्ता अघिको तुलनामा करिब ६९ प्रतिशतले बढी हो।

विगत ४ हप्तामा झण्डै १८६,००० बालबालिका कोभिड-१९ बाट सङ्क्रमित भएका छन्। सन् २०२२ मा करिब ५२ लाख बालबालिकामा सङ्क्रमण थपिएको प्रतिवेदनले देखाएको छ।

नयाँ भेरियन्टहरूसँग सम्बन्धित रोगको गम्भीरताका साथै सम्भावित दीर्घकालीन प्रभावहरू मूल्याङ्कन गर्न थप उमेर विशिष्ट डेटा सङ्कलन गर्न आवश्यक रहेको विज्ञहरूले बताएका छन्।

‘बालबालिकाको स्वास्थ्यमा महामारीको तत्काल प्रभावहरू छन् भनेर पहिचान गर्नु महत्त्वपूर्ण र हामीले यस पुस्ताका बालबालिका र युवाहरूको शारीरिक, मानसिक र सामाजिक सुरक्षामा दीर्घकालीन प्रभावहरू पहिचान र सम्बोधन गर्न आवश्यक छ’ प्रतिवेदनमा उल्लेख गरिएको छ।