१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कतारी राजकुमारी कञ्चनजङ्घा शिखरमा



अ+ अ-

वैशाख । कतारी पर्वतारोही तथा राजकुमारी शेखा आश्मा अलथानी आठ हजार ५८६ मिटरको उचाइमा रहेको नेपालमा पर्ने विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घाको शिखरमा पुग्ने पहिलो अरब महिला बनेकी छन् ।

आफ्नो इन्स्टाग्राममा स्टाटस राख्दै शेखा आश्माले कञ्चनजङ्घा शिखरमा पुग्ने पहिलो अरब नागरिक हुन पाएकोमा गर्व लागेको बताएकी छन् । उनले आफ्नो पोष्टमा लेखेकी छन्, “म केहि दिन बिरामी परेकी थिएँ त्येसैले आँटेको हिमाल चढ्न सक्दिन कि झैँ लागेको थियो । तर, जम्मा दुई दिनमै भव्य कञ्चनजङ्घाको सफल आरोहण गर्यौं ।”

उनले आफ्नो पोष्टमा हिमाल चढ्न सहज नभएको र यसले आफूलाई झै हिम्मत दिएको बताइन् । उनले भनिन्, “कञ्चनजङ्घा विश्वको तेस्रो अग्लो हिमाल हो, यो हिमालको सफल आरोहणसँगै मेरो उत्साह बढेको छ र अझै उच्च शिखर चुम्ने बाटोमा अघि बढ्न प्रेरणा मिलेको छ ।”

उनले आफ्नो सफलताका पछाडि बलियो टिमको साथ र सहयोग रहेको पनि उल्लेख गरेकी छन् । उनले निम्स (निर्मल पुर्जा) दाइलगायतका टिमले उनलाई शिखरमा पुग्न सहयोग गरेकोमा धन्यवाद पनि व्यक्त गरेकी छन् ।

विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न निम्स दाइलगायतका टीमसँग त्यसतर्फ प्रस्थान गरेकी कतारी राजकुमारी केही समय हिमाल आरोहणमै रहने र सगरमाथा आरोहणको प्रयास गर्ने बताइएको छ । यसअघि शेखा आश्माले सगरमाथा आरोहणको प्रयास गरेकी थिइन, जुन सफल हुन सकेको थिएन ।