२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

रसुवाको मतदानस्थलमा त्रिपाल



अ+ अ-

रसुवा । दैनिकरूपमा फाट्टफुट्ट परिरहेको वर्षालाई मध्येनजर राख्दै मतदानस्थलमा त्रिपालको व्यवस्था गरिएको छ । उत्तरगया गाउँपालिकामा कार्यरत निर्वाचन अधिकृत मुना अधिकारी ढकालका अनुसार उत्तरगयाका क्षेत्रको पाँचवटा वडाअन्तर्गत रहने ११ मतदान केन्द्रमा गाउँपालिकामार्फत त्रिपाल व्यवस्था गरिएको हो ।

त्रिपालको व्यवस्थापनले चिप्लेटी, ठूलोगाउँ, डाँडागाउँ, ढुङ्गे, कुवापानी र माझगाउँ समेतका स्थानमा रहने मतदान केन्द्रबाट आठ हजार ४०२ मतदातालाई सहज हुने छ ।जिल्लाका ५१ वटै मतदान केन्द्रमा त्रिपालको व्यवस्थापन गर्न सम्बन्धीत निकायसँग परामर्श भइरहेको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले बताउनुभयो ।

यस्तै स्थानीय तहको निर्वाचन सम्पन्नपश्चात मतगणनास्थल तय गरी पाँचवटै स्थलमा सिसी क्यामेरासमेत जडान भइसकेको र मतदान सम्पन्न गराउने सबै कर्मचारी आफ्नो गन्तव्यतर्फ प्रस्थान गरिसकेको समेत उहाँले जानकारी दिनुभयो । आसन्न निर्वाचनमा कूल ३८ हजार ५४५ मतदाता रहेका जिल्ला निर्वाचन अधिकारी श्रीराम थापाले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी नवराज जैसीले निर्धक्क साथ मतदान गर्न आग्रह गर्नुभयो ।