• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo

निर्वाचन आयोगद्वारा पूर्वप्रमुख निर्वाचन आयुक्त यादवलाई पर्यवेक्षकको अनुमति दिन अस्वीकार



काठमाडौँ । कुनै राजनीतिक दलको विभागमा आवद्ध भएको भन्दै आफ्ना पूर्वप्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवलाई पर्यवेक्षकका रुपमा अनुमति दिन निर्वाचन आयोगले अस्विकार गरेको छ ।

गत मंसिर २३ मा नेकपा (माओवादी केन्द्र) ले जारी गरेको सूचीमा डा यादव केन्द्रीय निर्वाचन विभागको सदस्य रहेको उल्लेख गरिएको छ ।

पर्यवेक्षणका लागि उहाँको नाम आएको तर आयोगकै एक व्यक्तिले उहाँ कुनै एक राजनीतिक दलको केन्द्रीय विभागमा आबद्ध भएको जानकारी गराएसँगै सोधपुछ गर्दा आबद्धता प्रमाणित भएपछि पर्यवेक्षणका लागि अनुमति दिन नसकिएको बताइएको छ ।

विशेष पर्यवेक्षकका रुपमा आयोगले पूर्वन्यायाधीश, संवैधानिक निकायका अधिकारी तथा अवकासप्राप्त विशिष्ठ श्रेणीका कर्मचारीलाई अनुमति दिने गरेको छ ।