२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण कोरियाले उत्तर कोरियासँगको वार्ताको ढोका सधैँ खुला राख्ने



अ+ अ-

सोल । दक्षिण कोरियाले उत्तर कोरियासँगको वार्ताको ढोका खुला राख्ने जनाएको छ । दक्षिण कोरियाका नवनियुक्त राष्ट्रपतिले सो कुरा बताउनुभएको हो । उहाँले सोमबार यहाँका समाचारदाताहरुसँग सो धारणा राख्नुभएको हो ।

सोमबार दक्षिण कोरियाको नेसनल एसेम्ब्लीमा भएको उहाँको सपथ समारोहपछि त्यहाँ उपस्थित भएका सम्वाददाताहरुसँग उहाँले आफूले उत्तर कोरियासँग वार्ताको ढोका सधैँ खुला राख्ने बताउनुभएको हो ।यहाँका नवनियुक्त राष्ट्रपति युन सुक–येउलले सो धारणा राख्नुभएको हो । उहाँले भन्नुभएको छ– हामी सबै समस्याहरुको समाधान शान्तिपूर्ण रुपमा वार्ताबाट गर्न सकिन्छ भन्ने विश्वास गर्छौँ त्यसैले हामी सबैसँग वार्ताको ढोका खुला राख्दछौँ ।

दक्षिण कोरियाका राष्ट्रपतिको पाँच वर्षे कार्यकाल सुरु भएको छ । उहाँले आफ्नो कार्यकालमा उत्तर कोरियासँग वार्ता गर्ने र कोरियाली प्रायद्धीपको समस्या शान्तिपूर्ण वार्ताका माध्यमबाट समाधान गर्ने पनि बताउनुभयो ।