११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रीपरिषद्को बैठक बस्दै, दल विभाजन सम्बन्धी अध्यादेश फिर्ता लिने तयारी



अ+ अ-

काठमाडौँ  । नेकपा एमाले बिभाजन गराउनका लागि जारी गरिएको राजनीतिक दल सम्बन्धी अध्यादेशले सत्ता गठबन्धनमा रहेका दुई दललाई अप्ठारो परेपछि फिर्ता हुने भएको छ । दल विभाजनसम्बन्धी अध्यादेश खारेज गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार मन्त्रिपरिषद् बैठक बोलाउनु भएको छ ।  

माधब नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी र उपेन्द्र यादवको जनता समाजवादी पार्टीलाई अध्यादेशले अप्ठारो पारेपछि प्रधानमन्त्री देउवाले फिर्ता लिन लाग्नु भएको हो । आज मध्यान्न ४ बजे बस्ने मन्त्रीपरिषद्को बैठकले अध्यादेश फिर्ता लिने निर्णय हुन्छ होला एक माओवादी स्थायी समितिका सदस्यले न्युजपोलारसंग भन्नुभयो । 

आज बिहान मात्र माओवादी केन्द्रका पुष्पकमल दाहाल (प्रचण्ड)ले स्थायी कमिटी बैठकमा अध्यादेश फिर्ता लिने तयारी भएको जानकारी गराउनु भएको थियो । अध्यादेश फिर्ता पछि मन्त्रीपरिषद् विस्तार हुने त्यसका लागि आजै वा भोलि शिर्षनेताहरु बीच मन्त्रालय बाँडफाँडका बिषयमा छलफल हुने पनि ती नेताले जानकारी दिनुभयो ।