• १५ मंसिर २०८०, शुक्रबार
  •      Fri Dec 1 2023
  •   Unicode
Logo
Latest
★   जीवाश्म इन्धनलाई कम वा अन्त्य गर्न कोप-२८ मस्यौदाको आह्वान ★   इजरायल र हमासबीचको युद्धविरामपछि फेरि युद्ध सुरु ★   गोरखामा अनलाइनमार्फत भुक्तानी गर्नेको सङ्ख्या बढ्दो ★   एघार महिनामा भित्रिए नौ लाखभन्दा बढी पर्यटक ★   केपी ओली कप फाईनल: मधेशले आर्मीलाई दियो १ सय ३६ रनको मध्यम लक्ष्य ★   रहेनन् पूर्वखेलाडी तथा प्रशिक्षक थापा ★   सार्वभौम सत्ता, स्वाधिनता, स्वतन्त्रता र भौगोलिक अखण्डतालाई बचाइराख्नु आजको आवश्यकता: ओली ★   अन्नपूर्ण हिमालको ‘रोयल्टी’ दाबी ★   नेपाल सुपर लिगमा आज विरगञ्ज युनाइटेड एफसी र एफसी चितवनबीच प्रतिस्पर्धा ★   निर्वाचन आयोगबाट राष्ट्रिय सभा सदस्य निर्वाचन कार्यतालिका सार्वजनिक

फुल बत्तिले झकिझकाउ पशुपति परिसर (भिडियाे /फोटो फिचर)



काठमाडाैं । महाशिवरात्रीका लागि पशुपति परिसर फूलमालाहरुले सजाइएको छ भने झिलीमिली बत्तीहरुले झकिझकाउ बनाइएको छ ।  साधु सन्तहरुको उपस्थिती पनि उल्लेख्य मात्रमा रहेको छ । शिवरात्रिको अवसरमा नेपालसहित भारत र श्रीलंकाबाटसमेत साधुसन्त तथा बाबा आईपुगेका छन् ।

यस वर्ष साधु सन्तका लागि धुनी जगाउन गुठी संस्थानले पाशुपत क्षेत्रको निर्मल, भष्मेश्वर, राम मन्दिर, श्री गोरखनाथ (मृगस्थली), अन्नपूर्णलगायतका क्षेत्रमा ३३ हजार किलो दाउराको व्यवस्था गरेको छ।  यसैगरी नागा बाबाका लागि भने पशुपतिनाथको मुल मन्दिर परिसरमै धुनीको व्यवस्था गरिने संस्थानले जनाइएको छ ।

पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रीमा सहज दर्शनका लागि व्यवस्थापन चुस्त बनाएको पशुपति क्षेत्रविकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले बताउनु भयो । शिबरात्रीको दिनमा  १० लाख दर्शनार्थीहरुले  पशुपतिनाथको दर्शन गर्ने अनुमान कोषले  गरेको छ ।