२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मतपत्र जोगाउन चनाखो बन्नुपर्छ– ओली



kf]v/f,@^ j}zfvM cfd;efnfO{ ;Daf]wg ub}{ cWoIf cf]nL g]skf -Pdfn]_åf/f kf]v/fdf ;f]daf/ cfof]lht r’gfjL ;efnfO{ ;Daf]wg ub}{ cWoIf s]kL zdf{ cf]nL. tl:a/M /flwsf sF8]n÷/f;;
अ+ अ-

पोखरा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मतगणना नसकिएसम्म नसुत्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

पोखरामा सोमबार भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले जनताको मतबाट जित्ने सम्भावना नरहेकाले पाँच दलीय गठबन्धनले मत्रपत्र च्यात्न सक्ने भएकाले कार्यकर्तालाई चनाखो हुन निर्देशन दिएका हुन् ।

गठबन्धनका सबै खाले षड्यन्त्रविरुद्ध चनाखो हुनुपर्ने भन्दै अध्यक्ष ओलीले भने, “गठबन्धनले भोट जित्दैन, यिनीहरुमा मतपत्र च्यात्ने, चपाउने र निल्ने बानी परेको छ, भरतपुरमा पहिला त्यस्तै गरेका हुन्, त्यसैले हाम्रा साथीहरु मतदानको गणना नसकिएसम्म तपाईंहरु सुत्न हुन्न ।”

पशुपतिमा एउटा बाँदर आउँछ र टोकरी खोस्छ तर यहाँ त पाँचवटा बाँदर छन् भन्दै ओलीले मतपेटिकालाई आँखाबाट ओझेलमा पर्न दिनु नहुने बताए ।

पोखरामा गठबन्धनको आमसभामा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कांग्रेसलाई धम्क्याएको भन्दै केपी ओलीको हालत हुने भनेर दिएको चेतावनीप्रति अध्यक्ष ओलीले भने, “कसको हालत के हुन्छ भन्ने कुरा वैशाख ३० गतेबाट प्रस्ट हुनेछ ।”

अध्यक्ष ओलीले आफूले बोलेको कुरा बुझ्ने बुद्धिजीवीले नेपालमा थोरै मात्र भएको बताए । आफूले शास्त्रको कुरा गर्दा उखान टुक्का भनेर उडाएको भन्दै उनले एमालेलाई सिध्याउनकै लागि आफूले बोलेको कुरालाई बंग्याएर प्रस्तुत गर्न खोजिएको आरोप लगाए ।