४ भाद्र २०८३, बिहीबार
,
Latest
“नेपाल–जापान सम्बन्धमा जापानी भाषा र संस्कृतिको भूमिका” मानवअधिकार कार्ययोजना कार्यान्वयनमा सक्रिय हुन सुदूरपश्चिमका स्थानीय तहलाई आयोगको आग्रह विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ विश्वविद्यालयमा लेखा उत्तरदायी अधिकृत नतोकिँदा समस्या भयोः महालेखा परीक्षक राया काठमाडौंमा ३२.५८ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ राज्यको खर्च र वैदेशिक सहायता पारदर्शी बनाउन सांसद पुनको जोड एनजीओलाई दोष दिनुभन्दा सरकारले बाल संरक्षणको जिम्मेवारी लिनुपर्छ : सांसद रानामगर वैदेशिक सहायता धर्मान्तरण तथा नास्तिकता प्रवद्र्धनमा प्रयोग भयोः सांसद ओली खगेन्द्र सुनारको आरोप– विचौलियाहरूले प्रहरीको हेडक्वार्टर कब्जा गरेका छन् रासायनिक मलको प्रयोग घटाउँदै प्राङ्गारिक र जैविक मल प्रवर्द्धन गर्ने सरकारको नीति
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्युक्यासलविरुद्ध म्यान्चेस्टर सिटीको सानदार जित, लिभरपुलसँग अग्रता बढायो



अ+ अ-

एजेन्सी । उपाधि होडमा रहेको म्यान्चेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा सानदार जित निकालेको छ ।

आइतबार राति भएको खेलमा सिटीले न्युक्यासल युनाइटेडलाई ५-० गोलले पराजित गरेको हो ।

सिटीलाई जित दिलाउन रहिम स्टर्लिङले १९ औं र ९०+३ मिनेटमा दुई गोल गर्दा एमेरिक लापोर्टले ३८, रोड्रीले ६१ औं र फिल फोडेनले ९० औं मिनेटमा गोल गरे ।

जितसँगै तालिकाको शीर्षस्थानमा रहेको सिटीले दोस्रो स्थानमा रहेको लिभरपुलसँग ३ अंकको अग्रता बनाएको छ ।

सिटीको ३५ खेलबाट ८६ अंक छ । लिभरपुलको समान खेलबाट ८३ अंक छ । यस्तै, न्युक्यासल ३६ खेलबाट ४३ अंक सहित १३ औं स्थानमा छ ।