• १६ जेष्ठ २०८१, बुधबार
  •      Wed May 29 2024
  •   Unicode
Logo
Latest
★   विश्वकप हेर्न क्यान पदाधिकारी श्रीमतीसहित उडे अमेरिका ★   बालेनले किन भने वास्तविक गणतन्त्र आउन अझै बाँकी छ ? ★   बजेटपछि केमा बढ्यो के मा घट्यो मूल्य ? ★   एमाले चितवनको अध्यक्षमा पाठक ★   कांग्रेसका सुरेन्द्रराज पाण्डेलाई गण्डकीको मुख्यमन्त्री नियुक्तिको तयारी ★   माछा मार्न जाँदा अस्ट्रेलियामा दुई नेपाली विद्यार्थीको मृत्यु ★   प्रतिनिधिसभा : बजेट वक्तव्य टेबुल, आर्थिक विधेयक पेस ★   बजेट स्वागतयोग्य र लगानीमैत्री आएको छ – अध्यक्ष ढकाल ★   सहकारीको रकम अपचलनको छानबिन गर्न संसदीय विशेष समिति गठन, को–को परे ? ★   धेरै पुराना आयोजना अलपत्र हुने किसिमले बजेट आयोः प्रकाशशरण महत

गायक सरोज कोइरालाको ‘भकारीमा धान’ गीतको भिडियो सार्वजनिक (भिडियो सहित)



काठमाडौं । सञ्चारकर्मी तथा गायक सरोज कोइराला र गायिका मेलिना राईको स्वरमा ‘भकारीमा धान’ बोलको गीत सार्वजनिक भएको छ । यसमा गीतमा गायक कोइरालाकै शब्द, संगीत छ । संगीत संयोजन पुरुषोत्तम सुवेदीले गरेका छन् । 

भिडियो सहित सार्वजनिक भएको गीतमा सुधिर श्रेष्ठ र सगुन कोइरालाले नृत्य, अभिनय गरेका छन् । सुधिर श्रेष्ठ यसअघि पनि दर्जनौ भिडियोहरुमा काम गरिसकेका स्थापित मोडल हुन भने सगुन कोइरालाले यसै भिडियोमार्फत मोडलिङको क्षेत्रमा पाइला चालेकी छिन् । उनी फेशन डिजाइनकी विद्यार्थी हुन् । 

अहिलेका व्यस्त सिनेमाटोग्राफर उत्सव दाहालले छायांकन गरेको यस भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन् । निर्देशन विधान कार्कीले गरेका हुन । नबोली नबोली, काले केटा २, धर्ति आकास जस्ता चर्चित गीतको भिडियो निर्देशन गरेका विधान म्युजिक भिडियो निर्देशक समाजका अध्यक्ष पनि हुन् । 

पूर्व र मध्यक्षेत्रतीरका लोकभाकामा आधारित रहेको गीत ‘भकारीमा धान’ को छायांकन काभ्रेपलाञ्चोक जिल्लाको रमणीय र मौलिक रहनसहन भएको क्षेत्रमा गरिएको हो । मेलोडियस आधुनिक गीतहरुमा स्वर तथा संगीत दिँदै आएका सरोजले यसै गीतमार्फत आफ्नो शैली परिवर्तन गरेका छन् । “हरेक नेपालीको मनमा लोकधुन हुन्छ नै, म भित्र रहेको त्यहि धुन यस गीतमार्फत प्रस्फुटित भएको हो ।” उनी भन्छन् ।

सरोजले काठमाडौँस्थित साधना कला केन्द्रमा वरिष्ठ संगीतकार प्रकाश गुरुङसँग ३ वर्ष गायन प्रशिक्षण लिएका छन । उनले हालै त्रिभुवन विश्वविद्यालयबाट समेत संगीत विषयमा स्नातक तहको अध्ययन पुरा गरेका छन् । “नेप्सिने” को प्रोडक्सनमा तयार भएको यो भिडियो “दि डिभाइन म्युजिक” यु्ट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।