२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

यो देशमा अलच्छिन पस्यो, जरैसमेत उखेलेर टकटक्याएर फाल्नुपर्छः अध्यक्ष ओली



file
अ+ अ-

रुपन्देही । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकार बनेपछि देशमा अलच्छिन पसेको टिप्पणी गरेका छन् ।

आइतबार बुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन् ।

सरकारले पैसा छैन भनेको बताउँदै विकासे आयोजनाका बजेट काटेकोमा असन्तुष्टि जनाउँदै एमालेले कहिल्यै पैसा छैन नभनेको ओलीले दावी गरे ‘यो बाटो चौडा गर्न पैसा छैन भनेन, मेडिकल कलेजका लागि पैसा छैन भनेन, अर्को सभागृहका लागि पैसा छैन भनेन, अरु बाटाहरु र नदी नियन्त्रणका लागि पैसा छैन भनेन ।’

उनले अगाडी भने, ‘कस्तो अलच्छिन पस्यो देशमा ? देशमै अलच्छिन पस्यो । यो ३० गतेको निर्वाचनले यस अलच्छिनलाई जरैसमेत उखेलेर र टकटक्याएर फाल्नुपर्छ’,

यस्तै, आफू देशभरका कार्यक्रममा जाँदा जनताले मुलुकमा पाँच दलीय गठबन्धन छ भन्ने नै थाहा नभएको भन्दै एमाले मात्रै छ भन्ने जनताले बुझेको दाबी गरे ।