४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध

चालू आवको चैत मसान्तसम्म २३२ उद्योग दर्ता

चालू आवको चैत मसान्तसम्म २३२ उद्योग दर्ता
अ+ अ-

काठमाडौँ । चालू आवको चैत मसान्तसम्म २३२ उद्योग दर्ता भएका छन् । गत आवको सोही अवधिमा १६९ स्वदेशी तथा विदेशी उद्योग दर्ता भएका थिए । हालसम्म आठ हजार ६८७ उद्योग दर्ता भएको उद्योग विभागले जनाएको छ ।

आव २०७८/७९ को नौ महिनाको अवधिमा ६७ ठूला, ८२ मझौला र ८३ साना उद्योग दर्ता भएका हुन् । गत आवको सोही अवधिमा ३३ ठूला, ४० मझौला र ९६ साना उद्योग दर्ता भएका थिए । विभागका अनुसार हालसम्म एक हजार २८१ ठूला, एक हजार ९९१ मझौला र पाँच हजार ४१५ साना उद्योग दर्ता भएका विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिनुभयो ।

औद्योगिक व्यवसाय ऐन, २०७६ अनुसार रु १५ करोडसम्म स्थिर पूँजी भएका उद्योगलाई साना, रु १५ देखि ५० करोडसम्म स्थिर पूँजी भएका उद्योगलाई मझौला र रु ५० करोडभन्दा बढी स्थिर पूँजी भएका उद्योगलाई ठूला उद्योग मानिन्छ । चालू आवको तेस्रो त्रैमाससम्म २३२ उद्योगमा रु दुई खर्ब ६६ अर्ब लगानी प्रस्ताव भएका छन् । गत आवमा प्रस्तावित लगानी रु एक खर्ब ३९ अर्ब थियो । हालसम्म रु २५ खर्ब ५० अर्बको लगानी प्रस्ताव भएका छन् । चैत मसान्तसम्म २३ वटा डिजाइन, दुई हजार ३५६ ट्रेडमार्क दर्ता गरिएको विभागले जनाएको छ ।

कम्पनी रजिष्टार कार्यालयमा अत्यावश्यक सेवा

कम्पनी रजिष्टारको कार्यालयले कर्मचारीको अभावमा अत्यावश्यक सेवा मात्र प्रवाह गर्न थालेको छ । आसन्न स्थानीय तह निर्वाचनमा अधिकांश कर्मचारी खटिएकाले यही वैशाख २३ गतेदेखि अत्यावश्यक परेका कम्पनी दर्ता, कम्पनी प्रशासन र अभिलेखसम्बन्धी काम मात्र सञ्चालन गरिएको कार्यालयले जनाएको छ ।

अत्यावश्वकबाहेक अन्य कार्य स्थानीय तह निर्वाचनपश्चात् पूर्णरुपमा सञ्चालनमा आउने उपरजिष्टार अच्युत ढुङ्गानाले जानकारी दिनुभयो । यही वैशाख ३० गते देशभर स्थानीय तह निर्वाचन हुँदैछ ।