६ आश्विन २०८१, आईतवार
,
Latest
रामेछापमा बलेरो दुर्घटना, एकको मृत्यु, छ घाइते कोप—२९ लाई उपलब्धिमुलक बनाइन्छ: वनमन्त्री शाही ग्लोबल आइएमई बैंकको पुरुष र महिला टोली अन्तरबैंक फुटसल २०८१ को बिजेता ट्रम्पद्वारा प्रतिष्पर्धी ह्यारिससँग दोस्रो प्रत्यक्ष बहसको प्रस्ताव अस्वीकार दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो विश्वकप लिग–२: नेपाल र क्यानडा भिड्दै प्रहरीलाई गृहमन्त्रीको निर्देशन: सहकारी प्रतिवेदन तत्काल कार्यन्वयन गर मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ नेप्से परिसूचक ११ दशमलव ५८ अङ्कले बढ्यो ‘अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधि घटाऔँ, रमाइलोमा सिमित नगरौँ’: सांसदहरु
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

चालू आवको चैत मसान्तसम्म २३२ उद्योग दर्ता



अ+ अ-

काठमाडौँ । चालू आवको चैत मसान्तसम्म २३२ उद्योग दर्ता भएका छन् । गत आवको सोही अवधिमा १६९ स्वदेशी तथा विदेशी उद्योग दर्ता भएका थिए । हालसम्म आठ हजार ६८७ उद्योग दर्ता भएको उद्योग विभागले जनाएको छ ।

आव २०७८/७९ को नौ महिनाको अवधिमा ६७ ठूला, ८२ मझौला र ८३ साना उद्योग दर्ता भएका हुन् । गत आवको सोही अवधिमा ३३ ठूला, ४० मझौला र ९६ साना उद्योग दर्ता भएका थिए । विभागका अनुसार हालसम्म एक हजार २८१ ठूला, एक हजार ९९१ मझौला र पाँच हजार ४१५ साना उद्योग दर्ता भएका विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिनुभयो ।

औद्योगिक व्यवसाय ऐन, २०७६ अनुसार रु १५ करोडसम्म स्थिर पूँजी भएका उद्योगलाई साना, रु १५ देखि ५० करोडसम्म स्थिर पूँजी भएका उद्योगलाई मझौला र रु ५० करोडभन्दा बढी स्थिर पूँजी भएका उद्योगलाई ठूला उद्योग मानिन्छ । चालू आवको तेस्रो त्रैमाससम्म २३२ उद्योगमा रु दुई खर्ब ६६ अर्ब लगानी प्रस्ताव भएका छन् । गत आवमा प्रस्तावित लगानी रु एक खर्ब ३९ अर्ब थियो । हालसम्म रु २५ खर्ब ५० अर्बको लगानी प्रस्ताव भएका छन् । चैत मसान्तसम्म २३ वटा डिजाइन, दुई हजार ३५६ ट्रेडमार्क दर्ता गरिएको विभागले जनाएको छ ।

कम्पनी रजिष्टार कार्यालयमा अत्यावश्यक सेवा

कम्पनी रजिष्टारको कार्यालयले कर्मचारीको अभावमा अत्यावश्यक सेवा मात्र प्रवाह गर्न थालेको छ । आसन्न स्थानीय तह निर्वाचनमा अधिकांश कर्मचारी खटिएकाले यही वैशाख २३ गतेदेखि अत्यावश्यक परेका कम्पनी दर्ता, कम्पनी प्रशासन र अभिलेखसम्बन्धी काम मात्र सञ्चालन गरिएको कार्यालयले जनाएको छ ।

अत्यावश्वकबाहेक अन्य कार्य स्थानीय तह निर्वाचनपश्चात् पूर्णरुपमा सञ्चालनमा आउने उपरजिष्टार अच्युत ढुङ्गानाले जानकारी दिनुभयो । यही वैशाख ३० गते देशभर स्थानीय तह निर्वाचन हुँदैछ ।